रोल्पामा क्वारेन्टाइनमा बसेका एकको मृत्यु

रोल्पामा क्वारेन्टाइनमा बसेका एकको मृत्यु

रोल्पा : रोल्पामा क्वारेन्टाइनमा राखिएका एक वृद्धको मृत्यु भएको छ। माडीगाउँपालिका–२ पारिबाङको क्वारेन्टाइनमा राखिएका ६२ वर्षीय टुलबहादुर परियारको सोमबार राति ११ बजे मृत्यु भएको हो।

इट्टाभट्टाबाट परिवारसँगै फर्किएका परियार ५ दिनदेखि क्वारेन्टाइनमा थिए। पारिवारिक स्रोतका अनुसार उनी दमका बिरामी थिए। दमको विबरामी भएपछि परियार तिहार लगत्तै उपचारका लागि काठमाडाँै गएका थिए। भट्टामा परिवारसँगै बसेका उनको वीर अस्पतालमा उपचार हुँदै आएका थियो। 

कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण लकडाउन गरिएपछि परिवारसँगै परियार गाउँ फर्किएका थिए। मजदुरको उद्दारसँगै उनीपनि गाउँ फर्किएको माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए। 

गाउँपालिकाले काठमाडौ लगायतका विभिन्न ठाउँबाट आएका मजदुरलाई अनिवार्य क्वारेन्टाइन गरिएको छ। पारिबाङमा क्वारेन्टाइन गरिएकाको सोमबार थर्मलगनबाट ज्वारोसमेत जाँच गरिएको थियो। जाँचका क्रममा उनलाई ज्वारो देखिएको थिए। 

मृतकको स्वाब संकलनका लागि रेउघा अस्पतालबाट चिकित्सकको टोली गाउँ पुगिसकेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए।  स्वाब निकालिएपछि मृतक परियारको दाहसंस्कार गरिने भएको छ। परिवारका अन्य सदस्य क्वारेन्टाइनमा रहेकाले आफन्त र छिमेकीले सावधानी अपनाई दाहसंस्कार गर्न भनिएको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिए। 

६ हजार बढी क्वारेन्टाइनमा 
जिल्लाका अधिकांश विद्यालयलाई क्वारेन्टाइनमा परिणत गरिएको छ। आइतबारसम्म ६ हजार ३ सय ८९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। जिल्लाका दशवटा पालिकाका विभिन्न विद्यालयमा जिल्लाबाहिरबाट आउनेलाई क्वारेन्टाइन गरिएको हो। 

क्वारेन्टाइनमा राखिएकामा महिला २ हजार १ सय ९२ छन् भने पुरुष ४ हजार १ सय ९७ छन्। जिल्ला प्रशासन कार्यालय रोल्पाका अनुसार १ हजार ५ सय ५७ जना रुन्टीगढीको क्वारेन्टाइनमा छन्। त्रिवेणी गाउँपालिकामा १ हजार २ सय ३८ जना कवारेन्टाइनमा रहेका छन्। 

सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीका अनुसार माडीगाउँपालिकामा १ हजार ४, रोल्पा नगरपालिकमा ६ सय ९३, सुनछहरी गाउँपालिमा ५ सय ७३, परिवर्तन गाउँपालकमा ५ सय ६८, लुंग्री गाउँपालिकामा २ सय ३५, गंगादेव गाउँपालिकामा २ सय ३२, सुनिलस्मृति गाउँपालिकामा १ सय ६० र थबाङ गाउँपालिकामा १ सय २९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.