गाउँ भित्रिनेलाई क्वारेन्टाइन अनिवार्य

गाउँ भित्रिनेलाई क्वारेन्टाइन अनिवार्य

खनियावास (धादिङ) : गएको साता विभिन्न पार्टीका नेता तथा साँसदको पहलमा भन्दै देशका विभिन्न ठाउँमा फसेका जिल्लाबासीलाई धादिङ घर फिर्ता गर्ने होडवाजी नै चल्यो । तर यसले नित्याउन सक्ने सम्भावित जोखिमका विषयमा भने भित्र्याउन पहल गर्ने सांसद र नेताहरु मौन रहेका बेला भौगोलिक रुपले कठिन अवस्था रहेर पनि उत्तरी धादिङको खनियावास गाउँपालिकाले भने गाउँ भित्रिएकाको ब्यवस्थित सुचना राखेर अनिवार्य क्वारेन्टाइनको ब्यवस्था गरेको छ ।

लकडाउन पश्चात गाउँ भित्रिएकाहरुबाट गाउँबस्तीमा कोरोनाको जोखिम बढ्न नदिनको लागि गाउँपालिकाले क्वारेन्टाइनलाई अनिवार्य बनाएको हो । देशका विभिन्न ठाउँमा लकडाउनका कारण थुनिएर समस्या भोगेका डेढ सय नागरिकलाई गाउँपालिकाले आफ्नै खर्चमा उद्धार गरि ५ वटा वडामा संचालित ९ वटा क्वारेन्टाइनमा राखेको हो ।

लकडाउन लम्विदै जाँदा शहरबजारमा थुनिएर बस्नुपर्दाको पीडा र समस्या गाउँमै आएर बसेको क्वारेन्टाइनले विर्साइदिएको उद्धार गरिएपछि क्वारेन्टाइनमा बसेका स्थानीयहरु बताउँछन् । खनियावाँस ३ कि शुस्मा तामाङले भनिन्, ‘काठकाण्डौ कोठामा म एक्लै थिए, लकडाउन कहिलेसम्म हुने हो, के हुने हो डरै डरले आत्तिएरै तनावमा थिए, गाउँपालिकाले गाउँमा ल्याउने तर १४ दिन अनिवार्य क्वारेन्टाइन बस्ने भनेपछि म त खुसी हुँदै गाउँमा आए ।’ क्वारेन्टाइनमा पनि ब्यवस्थित गरेर सवै सुविधा दिएकाले घरजस्तै भएको सुस्माले बताइन् ।

‘हामी बाहिरबाट आएकाले यसरी बस्नु राम्रो हो । हामी गाडीमा धेरैजनासंग बसेर आयौँ, हामीलाई पनि संक्रमण हुनसक्छ ।’ खनियावास ३ कि सृष्टिना तामाङले भनिन्, ‘कम्तीमा हामी क्वारेन्टाइनमा बस्यौँ भने हामी जोकोहीलाई लागेको भए पनि गाउँमा आफन्ता नातागोतालाई त लाग्दैन नी ।’ गाउँपालिकाले गरेको यो प्रयास क्वारेन्टाइनमा बस्ने अधिकांशसले राम्रो भएको बताएका छन् ।

खनियावास गाउँपालिका प्रवेश गर्ने मुख्यतह दुइवटा नाकाहरु रहेका छन् । एउटा नुवाकोटको किम्ताङ गाउँबाट र अर्को धादिङकै नेत्रावती गाउँपालिकाबाट । ती दुवै नाकाहरुमा प्रहरी र स्वास्थ्यकर्मीको संयुक्त टोली खटाइ गाउँपालिका भित्रिन चाहने जोकोहीलाई स्वास्थ्य चेकजाँच गरेर अनिवार्य क्वारेन्टाइनमा बस्ने प्रतिवद्धता पछि मात्रै प्रवेशाज्ञा दिने ब्यवस्था गाउँपालिकाले मिलाएको छ । 

क्वारेन्टाइमा राखिएकाहरुको सम्पुर्ण खर्च र स्वास्थ्य सुरक्षाको ब्यवस्थापन गाउँपालिका आँफैले मिलाएको छ भने उनीहरुको आरडीटी टेष्ट पछि मात्रै घर जान दिइने पालिका अध्यक्षले रणबहादुर तामाङले बताए । उनले भने, ‘हामीले देशका विभिन्न भागमा फसेका हाम्रो गाउँपालिकाका नागरिकहरुलाई आफ्नै पहलमा उद्धार गरेर ल्याएका छौँ । गाउँमा आउने हो भने पहिले अनिवार्य क्वारेन्टाइनमा बस्ने प्रतिवद्धता जनाएपछि मात्रै उद्धार गरेका हौँ, यहाँ बस्दाको सम्पूर्ण खर्च हामीले नै बेहोर्ने छौँ ।’ क्वारेन्टाइनका लागि आवश्यक सामाग्रीहरु कोरोना रोकथाम तथा सचेतनाको लागि प्रदेश सरकारले पठाएको पैसाबाट ब्यवस्थापन गरिएको पालिका अध्यक्ष तामाङले बताए ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि देशभर गरिएको लकडाउन थपिनेक्रममा रहेको छ । लकडाउनले थुनिएका जिल्लाबासीको उद्धार गर्ने भन्दै गत बैशाख १२ र १३ गते १२ सय ६५ जना नागरिक धादिङ जिल्लाका विभिन्न क्षेत्रमा भित्रिएका छन् । को–को कहाँबाट आएर कहाँ बसेका छन् भन्ने विषयमा जिल्ला भित्राउन पहल गर्ने साँसद, नेता र  जिल्लाका मुख्य सरोकारवाला निकायहरु अनभिज्ञ छन्, अन्य गाउँपालिकाहरुमा पनि को कति भित्रिए भन्ने कुनै तथ्याङ्क र क्वारेन्टाइन राखेका छैनन । तर उत्तरी धादिङको विकट क्षेत्रमा रहेको खनियावास गाउँपालिकाले आफ्नै पहलमा गरेको यो प्रयास भने कोरोना प्रकोपको रोकथामका लागि सकारात्मक देखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.