हत्याका दोषी  ४१ वर्षपछि पक्राउ

हत्याका दोषी  ४१ वर्षपछि पक्राउ

स्याङ्जा : हत्यामा संलग्न भएको अभियोगमा जन्मकैदको सजाए पाएपछि फरार अभियुक्त ४१ वर्षपछि पक्राउ परेका छन्। २४ वर्षीय युवको हत्या आरोपमा दोषी ठहरिएका डिल्लीबहादुर घर्ति ४१ वर्षपछि उनकै घरबाट पक्राउ परेका हुन्।

वि.सं. २०३३ सालको चैते दशैं पूर्णिमा मेला हेर्न आएका जीतबहादुर रानाको हत्यामा संलग्न रहेको आधारमा ६७ वर्षे घर्तिलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। साविक चापाकोट गाविस ८ कालीगण्डकी नदीकिनार खोरीयाघाटमा लाग्ने चैते दशैं पूर्णिमा मेला हेर्न आएका भारतीय सेनामा कार्यरत २४ वर्षीय रानाको हत्यामा संगग्न रहेको भन्ने मुद्धामा उनी दोषी ठहरिएका हुन्।

घरमा लुकिछिपी बसेको सूचनाको आधारमा उनी पक्राउ पक्राउ प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए। ‘दोषीलाई अदालतको आदेश बमोजिम सजाए भुक्तानका लागि कारागारमा राखिएको छ।’ प्रनाउ भण्डारीले भने।

बैशाख २ गते चैते दशैं मेला चलिरहेका बेला तत्कालीन रत्नपुर गाउँ पञ्चायत तथा सेखाम गाउँ पंचायतका युवा समूहले पाल्पा गोदारछाप गाउँ पञ्चायत घर भई भारतीय सेनाका सिपाही दर्जामा कार्यरत रानालाई निर्घात कुटपिट गरी कालीगण्डकी नदीमा फालेको प्रहरीले जनाएको छ। 

घटनाको ३ दिनपछि नदी किनारमा शव फेला परेको थियो। रानालाई निर्घात कुटपिट गरी कालीगण्डकी नदिमा फालेका बताइएको छ। मृतकका दाजु दलबहादुर रानाले 
कर्तव्य ज्यान मुद्धामा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा १३ जना विरूद्ध किटानी जाहेरी गरेका थिए। अदालतले २०३६ साल माघ १७ गते सबैलाई कसूरदार ठहरगरी जन्मकैदको फैसला गरेको थियो। आरोपित सबै पुनरावेदन गरे पनि जिल्ला अदालत स्याङ्जाकै फैसला सदर भएको थियो।  

घटनामा संलग्न भक्तबहादुर कुमाल र देवीबहादुर घर्ति यसअघि नै पक्राउ परी सजाय भोगिरहेका छन्। अन्य दोषि भने मुलुक बाहिर रहेको हुनसक्ने प्रहरीको अनुमान छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.