थप तीनजनामा देखियो कोरोना, संक्रमितको संख्या ५७ पुग्यो

थप तीनजनामा देखियो कोरोना, संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ५७ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा बुधबार थप तीन जनामा पोजिटिभ देखिएको हो।

उनीहरुको वीरगन्जबाट स्वाब संकलन गरी टेकुमा पठाइएको थियो। बाराका दुई र पर्साका एक जनामा पोजिटिभ देखिएको नारायणी अस्पतालका एक चिकित्सकले जानकारी दिए। उनका अनुसार ५०, ४६ र ३१ वर्षका तीन जना पुरुषमा देखिएको हो।

मंगलबार पनि रौतहटका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा रौतहटका दुई पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

संक्रमित दुवैजना रौतहटको बृन्दाबन र देवाही गोनाही नगरपालिकाका हुन्। संक्रमित वृन्दावन नगरपालिका-९ भुषाहटोलका २५ वर्षीय युवक र  देवाही गोनाही १ करुनिया टोलका ३५ वर्षीय पुरुषमा रहेको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म संक्रमितमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.