प्रधानमन्त्रीले गरे संसद बैठक कक्ष अवलोकन
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले संसद बैठक कक्ष अवलोकन गरेका छन् । बजेट अधिवेशन बोलाउने तयारी भइरहेको बेलामा बुधबार संसद भवन पुगेर प्रधानमन्त्री ओलीले बैठक कक्ष अवलोकन गरेका हुन्।
प्रधानमन्त्री ओलीसँगै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि बैठक कक्ष अवलोकन गर्न संघीय संसद भवन पुगेका थिए। बजेट अधिवेशन आह्वानका विषयमा बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख अग्नि सापकोटाबीच छलफलसमेत भएको थियो।
संसद सचिवालयका अनुसार सामाजिक दूरी कायम गरी बैठक बसाउनका लागि सिटिङ संरचना नै परिवर्तन गर्न लागिएको छ। संविधानमा १५ जेठमा बजेट ल्याउनुपर्ने व्यवस्था छ।