प्रदेश ५ मा विद्यार्थी भर्ना गर्न निर्देशन

प्रदेश ५ मा विद्यार्थी भर्ना गर्न निर्देशन

बुटवल : प्रदेश ५ मा कक्षा नौसम्मको नतिजा प्रकाशनसँगै विद्यार्थी भर्ना गर्ने निर्णय भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले अलाइन, टेलिफोन तथा सुरक्षित रुपमा विद्यार्थी भर्ना गरी पुस्तक वितरण गर्न स्थानीय तहलाई आग्रह गरेको हो ।

कोरोना महामारीका कारण ठप्प रहेको शिक्षा क्षेत्रलाई चलायमान बनाउन मन्त्रालयले यस्तो निर्णय गरेको हो । कक्षा ९ सम्मको नतिजा प्रकाशन र विद्यार्थी भर्ना गर्न मन्त्रालयले स्थानीय तहलाई भनेको छ । 

प्रदेश ५ का करिब ५७ सय विद्यालयमा ११ लाख हाराहारीमा विद्यार्थी छन् । सामाजिक विकास मन्त्रालयले नतिजा प्रकाशन गर्नका लागि स्थानीय तहसँग समन्वय गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण तोकिएको मितिभन्दा पहिले नै परीक्षा सकिए पनि नतिजा प्रकाशन हुन सकेको छैन ।

नतिजा प्रकाशनसँगै शारीरिक दूरी कायम राखेर विद्यार्थी भर्ना गर्ने निर्णय समेत मन्त्रालयले गरेको छ । विद्यालय तहसम्मको अधिकार स्थानीय तहमा रहेकाले प्रदेश मन्त्रालयले तहसम्म समन्वय गर्ने निर्णय गरिएको हो । लकडाउनलाई पालना र सुरक्षितहुँदै भर्ना सुरु गर्ने निर्णय मन्त्रालयले गरेको उपसचिव थानेश्वर ज्ञवालीले जानकारी दिए ।

मन्त्रालयले पाठ्यपुस्तक ढुवानी समेत सूचारु गर्ने निर्णय गरेको छ । खाद्यवस्तु र औषधिको ढुवानी जस्तै पाठ्यपुस्तक ढुवानी गर्ने योजना बनाइएको छ । पुस्तक ढुवानी गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई आग्रह गरेर प्रशासन कार्यालयबाट पासको व्यवस्था गर्ने निर्णय सामाजिक विकास मन्त्रलायले गरेको छ ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालको अध्यक्षतामा बसेको बैठकले हरेक विद्यार्थीबीच पाठ्युस्तक पुराउने योजना बनाएको हो । विद्यालयले लिएको परीक्षाको नतिजा प्रकाशन नहुदा विद्यार्थीहरु कुन पुस्तक पढ्ने भन्नेमा अन्योल छन् ।

नतिजा प्रकाशनपछि पठनपाठन सुरु हुनेछ । अभिभावककै निगरानीमा समेत बालबालिकाले पढ्न पाउनेछन् । नयाँ शैक्षिक सत्रको सुरुवातमा खास प्रभाव नपरे पनि जेठभित्रै कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ । शैक्षिक सत्रको निरन्तरताका लागि पनि पठनपाठन गराउनुपर्ने शिक्षा सरोकारवालाहरु बताउँछन् ।

माध्यमिक तहसहित विश्वविद्यालय तहका परीक्षाहरु ठप्प छन् । कतिपय कलेजले अनलाइनमार्फत पठनपाठन निरन्तरता दिइरहेका छन् । विकट क्षेत्र र प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी भने यो अवसरबाट बञ्चित छन्।

कोरोनाको महामारी कतिञ्जेल रहिरन्छ भन्ने निर्क्योल नभएपछि तत्कालका लागि नजिता प्रकाशन गरेर पाठ्यपुस्तक ढुवानी गर्ने योजनामा मन्त्रालय पुगेको हो । स्थानीय तहहरुले कक्षा ८ सहित सबै कक्षाको नतिजा प्रकाशनको अन्तिम तयारी थालेका छन् । 

स्थानीय तहले माध्यमिक शिक्षा (एसईई) परीक्षा नदिई बसेका विद्यार्थी लक्षित कक्षाहरु सञ्चालन गरिरहेका छन् । रेडियो, टेलिभिजनसहित सामाजिक सञ्जालबाट ती परीक्षाहरु सञ्चालन भएका हुन् । रुपन्देहीको सैनामैना नगरपालिकाले दूर शिक्षा सुरु गरेको छ । गणित, विज्ञान, अंग्रेजी विषयलाई प्राथमिकतामा राखेर कक्षा सञ्चालन भएका छन् । 

सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर कक्षा सञ्चालन गरिएको बताए । यो कक्षाले परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई लाभ मिल्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.