लगातारको असिनापानीले सिन्धुलीमा जुनार सखाप

लगातारको असिनापानीले सिन्धुलीमा जुनार सखाप

सिन्धुली : झण्डै एक साता अघिबाट लगातार परेको असिनापानीका कारण जिल्लाको ८० प्रतिशत जुनारमा क्षति पुगेको छ ।लगातारको असिनापानी र हावाहुरीले जिल्लाका किसानले खेती गर्दै आएको झण्डै १३ सय हेक्टरको जुनारमा क्षति पुगेको हो ।

 
जिल्लाको जुनार पकेट क्षेत्र मानिएका गोलन्जोर गाउँपालिकाको रतनचुरा, तिनकन्या, वाशेश्वर, भुवनेश्वरी, बितिजोर, डुडभन्ज्याङ कमलामाई नगरपालिकाको जलकन्या, सुनकोसी गाउँपालिकाको मझुवा र दुम्जाबमा असिनाले क्षति गरेको किसानले जनाएका हुन् ।

लगातारको पानी र हावाहुरीले फल लागेको हाँगासमेत भाँचिदिँदा यो वर्ष उत्पादनमा समेत कमी आउने भएपछि किसान चिन्तित समेत बनेका छन् । जुनारमा क्षति हुँदा करिब २४ करोड रुपैयाँ बढीको आम्दानी गुम्ने निश्चित छ।अधिकांश कृषकको जुनार बगैचामा हावाहुरीले क्षति पुर्‍याएको जुनार कृषक निर्मलकुमार रम्तेलले बताए।

'यो जुनारमा फूल र चिचिला लाग्ने समय हो । तर, फूलबाट चिचिला बन्न थालेका सबै जुनारमा क्षति पुगेको छ । फूल नै नभएपछि फल कसरी लाग्नु । यो वर्ष जुनार कृषकलाई कोरोना भाइरसको भन्दा असिनापानीले बढी सताएको छ,' रम्तेलले भने । 

उनको आफ्नो नर्सरीमा मात्र दश लाख रुपैयाँ बढीको क्षति पुगेको छ । रम्तेलको बारीमा मात्र ७ सयवटा जुनारका बिरुवा छन् । तर, ती अधिकांश बिरुवमा क्षति पुगेको उनले जनाए।  

गत वर्षमा जुनारको फल कुहाउने औंसे झिगाबाट अक्रान्त किसान यस वर्ष असिनापानीबाट थप पीडित भएका हुन् । कमलामाई नगरपालिका ३ चपौलीका जुनार कृषक सूर्य धितालका अनुसार हावाहुरी र असिनापानीले गाउँभरीका कृषकको जुनार बगैचा रित्तो बनाएको छ । 

'कोरोनाको त्रासका बीच लकडाउनमा बसेका किसान हावाहुरीका कारण चिन्तित बनेका छन् । जुनार कृषकको मुख्य आम्दानी नै नष्ट भएपछि बोट हेरेर चित्त बुझाउनुको विकल्प छैन्,' धितालले भने ।

जुनार विकास संघ सिन्धुलीका सचिव रामहरी थापका अनुसार जिल्लामा जुनार कृषकहरुले गत वर्ष झण्डै ३२ करोड रुपैयाँबढी आम्दानी लिएका थिए । 'तर, यस वर्ष जुनारमा भएको क्षेतीका कारण कृषकले २४ करोड रुपैयाँ बढी आम्दानी गुमाउनु पर्ने बाध्यता छ,' उनले भने । 

प्रधानमन्त्री कृषि अधुनिकीकरण परियोजना, जुनार सुपरजोन खनियाखर्कका अनुसार जिल्लामा गत आर्थिक वर्षमा ८ हजार ८ सय ८१ मेट्रिक टन जुनार उत्पादन भएको थियो । जिल्लामा झण्डै साढे १३ सय हेक्टर क्षेत्रफलमा हुँदै आएको व्यासायिक जुनार खेतीबाट करिब पाँच हजारले रोजगारी पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.