वरिष्ठ नेता पौडेललाई जापान सरकारको उत्कृष्ठ विभूषण
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उत्कृष्ट विभूषण प्रदान गरेको छ । जापान सरकारले बिहीबार नेता पौडेललाई सो विभुषण प्रदान गर्ने निर्णय गरेको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।
जापान सरकारले प्रदान गर्ने ग्राण्ड कार्डन अर्डर अफ दि राइजिङ सन अवार्ड पौडेललाई प्रदान गरेको हो । पौडेललाई नेपाल-जापान बीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उक्त सम्मान दिइएको बताइएको छ।
त्यसैगरी पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेलामा जापान नेपाल फ्रन्डसीप पार्लमेन्टेरियन कमिटि गठन गरेर सांसदका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले जापान सरकारले सो अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ।