महोत्तरीमा एक हप्तामा मदिरा सेवनबाट सातजनाको मृत्यु

महोत्तरीमा एक हप्तामा मदिरा सेवनबाट सातजनाको मृत्यु

जनकपुरधाम : महोत्तरीको भंगहा नगरपालिकामा एक हप्ताको अवधिमा सातजनाको मृत्यु भएको छ। बुधबार र बिहीबार क्रमशः ३२ सिकिन्द्र सिंह, ५५ वर्षीय सुकदेव भनिने सिताई महराको मृत्युसँगै मृतकको संख्या ७ पुगेको हो।  

भंगहा नगरपालिका ७ मेघनाथ गोरहन्ना नयाँ बस्तीमा गत मंगलबार स्थानीय ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदाको मंगलबार साँझ र बुधबार बिहान मृत्यु भएको थियो । 

सोही बस्तीमा झण्डै एकसाता अघि ५५ वर्षका महेन्द्र चौधरीको समेत मृत्यु भएको थियो। यो सँगै एक सातामा मेघनाथ गेहन्ना टोलमा ७ जनाको मृत्यु भएको नगरपालिकाका मेयर साहले पुष्टि गरे।

स्थानीयको अनुसार मृतकमध्ये सबैको विषाक्त मदिरा सेवनको कारण मृत्यु भएको आशंका गरेपनि मृत्युको वास्तविक कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । उनले भने, 'घटनामा मृत्यु भएका अधिकांश व्यक्ति बिहानदेखि साँझसम्म मदिराको लत्त भएको मानिस छ, प्रायः सबैको घरमा मदिरा उत्पादन गर्ने खाने चलन छ, तैपनि हामीलाई जानकारी पछि दुई शवलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छौं, शवलाई नियन्त्रणमा लिइ पोष्टमार्टमका लागि अस्पताल ल्याएका छौं, थप अस्पतालको रिपोर्टबाट खुल्नेछ, बाँकी अनुसन्धान हामी गर्दैछौं।'

बुधबारसम्म मृत्यु भएका पाँचैजनाको शव दाहसंकार गरिसकिएको छ । बिहीबार राती र मध्यान्ह मृत्यु मृत्यु भएका ३२ वर्षका सिकिन्दर सिंह र सुकदेव महराको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वरमा पोष्टमार्ट गरिएको वडाध्यक्ष बासुदेव सिंह थारुले जानकारी दिए । उनले भने, 'गाउँमा एक÷एक गरी मृत्यु हुन थालेपछि स्थानीय त्रसित छ, तर के कारणले मृत्यु भयो अहिलेसम्म निर्क्यौल आइसकेको छैन् ।'

वडा अध्यक्ष सिंहले गत महिना धनुषा र महोत्तरीमा अवैद्य मदिरा सेवनबाट मृत्यु भएको घटनापछि मदिरा भट्टी बन्द गराइएको जनाए । उनले भने, 'हामी यहाँ सबै मदिरा भट्टी बन्द गराइसकेका छौं, तर फेरी एक महिनापछि कहाँबाट आयो मदिरा हामीलाई नै आश्चर्यमा पारेको छ ।'

एक सातामा रहस्यमय मृत्य भएका सातैजनाको परिवारलाई भंगहा नगरपालिकाले तत्काल क्रिया खर्च स्वरुपप्रति परिवारलाई २१ हजार रुपैयाँ उपलब्ध गराउने भएको भंगहाका मेयर सञ्जिव साहले जनाए । उनले भने, 'रक्सीले मृत्यु भएको आशंका गरिएको र केही रक्सी नखाएका केही व्यक्तिको पनि मृत्यु भएको छ। उनीहरुलाई उपचारको लागि लग्दा डाक्टर उपचार गर्न डराउँछन ।'
 
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले गत वैशाख ११ गते दुई जना र वैशाख १७ गते तीनजना गरी पाँचजनाको मृत्यु भएको स्वीकारे । मृतकमध्ये तीनजनाको दाह संस्कार गरिसकिएको छ भने लालबाबु सिंह र सिकिन्द्र सिंहको शव प्रहरीले नियन्त्रणमा लिइ शब परीक्षणका लागि जलेश्वर अस्पताल महोत्तरी पुर्‍याएको जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.