तेल ट्याङ्करमा लागूऔषध ओसार्ने पक्राउ

तेल ट्याङ्करमा लागूऔषध ओसार्ने पक्राउ

शुभलक्ष्मी विश्वकर्मा

हेटौंडा : तेल बोक्ने ट्याङ्करमा लुकाइछिपाइ लागूऔषध ल्याएको पाइएपछि मकवानपुर प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेबाट उनीहरूलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–४ घर भइ हाल हेटौंडा उपमहानगरपालिका–४ डेरा गरी बस्ने ३१ वर्षीय मानबहादुर थोकर र हेटौंडा–४ का ४५ वर्षीय सेते लामा छन् । 

कोरोना भाइरस संक्रमण जोखिमका कारण जारी लकडाउनको मौका छोपेर तेल बोक्ने ट्याङ्करमा भारतबाट लागूऔषध भित्र्याइएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले बताए ।

भारतको रक्सौलबाट तेल बोकेर हेटौंडा हुँदै काठमाडौंतर्फ जाँदै गरेको ना ३ ख ६४६६ नम्बरको ट्याङ्करमा लुकाइछिपाइ ल्याएको लागूऔषध विनसिरेक्स १५५ बोतल प्रहरीले बरामद गरेको हो । 

उनीहरुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको टोलीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्षदेखि १० वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म जरिवाना, सवारी साधन समेत जफत हुन सक्ने कानूनी प्रावधान छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.