यहाँ रहेका नेपालीबारे चिन्ता नलिनू : इजरायल

यहाँ रहेका नेपालीबारे चिन्ता नलिनू : इजरायल

काठमाडौँ : इजरायलमा रहेका नेपालीहरुबारे चिन्ता नलिन त्यहाँका राष्ट्रपति रुभेन रिभ्लिनले प्रधानमन्त्री केपी ओलीलाई भनेका छन् ।

बिहीबार प्रधानमन्त्री ओली र इजरायलका राष्ट्रपतिबीच भएको टेलिफोन कुराकानीको क्रममा रुभेनले यस्तो भनेका हुन् । प्रधानमन्त्री ओलीले यसबारे जानकारी गराएका छन् । उनले ट्वीट गर्दै यसबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आज मेरो इजरायलका महामहिम राष्ट्रपतिसँग टेलिफोन संवाद भयो। मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणको बारेमा चासो राखें । उहाँले नेपालीहरू आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन भन्नुभयो ।’

प्रधानमन्त्री ओलीका अनुसार इजरायलमा रहेका नेपालीहरुलाई त्यहाँका राष्ट्रपतिले आफन्त जस्तै गरी बसेका छन् । प्रधानमन्त्री ओलीले यसअघि दुबइ, साउदी, कतार लगायत देशमा रहेका नेपालीहरुको अवस्थाबारे पनि त्यहाँका राष्ट्रप्रमुखसँग कुराकानी गरी चासो देखाएका थिए । कोरोना महामारीका कारण विभिन्न देशमा दशौँ लाखको संख्यामा रहेका नेपाली कामदार काममा जान सकेका छैनन्, सरकारले पनि उनीहरुलाई स्वदेश फर्काउन सकेको छैन ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.