लकडाउनमा बजार अनुगन गर्न प्रदेश निर्देशनालयको टोली गल्याङ्‍मा

लकडाउनमा  बजार अनुगन गर्न प्रदेश निर्देशनालयको टोली गल्याङ्‍मा

स्याङ्जा : लकडाउनका बेला हुनसक्ने कालाबजारी तथा आपूर्ति व्यवस्थाका बारेमा बुझ्न उपभोक्ता हित संरक्षण निर्देशनालयको टोली गल्याङ् बजार आएको छ ।  गण्डकी प्रदेश उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको टोलीले गल्याङका मुख्य बजारका केही पसलमा छड्के अनुगमन एवं निरीक्षण गरेको छ।

निर्देशक गोकुल शर्मा पौडेललगायतको टोलीले बजारका किराना, फलफूल तथा तरकारी पसलको अनुगमन एवं निरीक्षण गरेका हुन् । निरीक्षणपछि कालाबजारी र आपूर्तिमा कठिनाइ नदेखिएको जनाए । 

पसलमा बोर्ड नटाँसिएका, उपभोक्ताले देख्नेगरी मुल्यसूची नराखिएको, म्याद गुज्रेका सामान पनि बिक्रीका लागि राखेका भेटिएको निर्देशक पौडेलले बताए । 'पहिलो पटक सचेत गराइएको छ, फेरी अर्को पटक पनि यस्तै भेटिए कानुन बमोजिम कारवाही हुन्छ, 'उनले भने । 

स्याङजा सदरमुकामदेखि दक्षिणतर्फ रहेको गल्याङ बजार स्याङजाको मुख्य मध्येको एक प्रमुख बजार हो । सिद्धार्थ राजमार्गमा पर्ने गल्याङ नगरपालिका अन्र्तगतको बजार गण्डकी प्रदेश र प्रदेश ५ को प्रमुख सीमा नाका नजिकै पर्दछ ।अनुगमन टोलीले गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्यालसहित व्यवसायीलाई पसल सञ्चालनको प्रक्रिया बारे सुझाव एवं ध्यानाकर्षण गराएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.