मजदुर दिवस : इँटा भट्टाका भारतीय मजदुरलाई हप्तामा ६ सय रुपैयाँ सहयोग

मजदुर दिवस : इँटा भट्टाका भारतीय मजदुरलाई हप्तामा ६ सय रुपैयाँ सहयोग

भक्तपुर : लकडाउनले घर जान नपाएका भक्तपुरस्थित इँटा भट्टामा काम गर्ने भारतीय मजदुरलाई यहाँका इँटा उद्योग व्यवसायीले सहयोग गर्ने घोषणा गरेका छन्। विश्व मजदुर दिवसको अवसर पारेर शुक्रबार यहाँका इँटा उद्योग व्यवसायीले लकडाउनका कारण घर नफर्किएसम्म उनीहरुलाई सातामा ६ सय रुपैयाँ आर्थिक सहयोग घोषणा गरेका हुन् ।

भारतीय मजदुरलाई नेपाल बसेसम्म खाद्यान्नको लागि सहयोग गरिएपछि उनीहरुले कमाएको रकम चोखै बच्ने व्यवसायीहरु बताउँछन् । उनीहरुका घरपरिवारको लागि जोगाएको रकम नमासियोस् भनेर हामीले उनीहरुलाई खाद्यान्न सहयोग गर्ने घोषणा गरेको उनीहरुले स्पष्ट पारे ।

भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बाले इँटाभट्टाको काम सकिए पनि घर जान नपाएका भारतीय मजदुरहरुलाई जीवन निर्वाहको लागि उक्त सहयोग गर्ने भएको बताए ।

उनका अनुसार यहाँका ६२ वटा इँटा भट्टामा करिब तीन हजार भारतीय मजदुर छन् । उनीहरु लकडाउनको कारण घर फर्कन पाएका छैनन् । भारतीय मजदुरले विशेष गरेर इँटा भट्टाको भट्टीमा काम गर्छन् ।

उनीहरुले भट्टी भित्र काँचो इँटाको बोजाइ र झोकाइ गर्छन् । भट्टीमा आगो नियन्त्रण गर्छन् । भट्टीभित्रको आगो र तापक्रमअनुसार कोइला राख्ने र पाकेको इँटा भट्टी बाहिर ल्याउने महत्वपूर्ण काम भारतीय मजदुरले गर्दै आएका छन् ।

त्यसैले इँटाभट्टामा सबैभन्दा ढिलो आएर फर्किँदा पनि उनीहरु ढिलै घर फर्किने इँटा उद्योग व्यवसायीहरु बताउँछन् । काँचो इँटा उत्पादन भएर भट्टीमा आगो लगाउने बेला भएपछि मात्रै उनीहरु इँटाभट्टा पुग्छन् ।

त्यस्तै काँचो इँटा बाँकी भएसम्म उनीहरु फर्कंदैनन् । त्यसैले इँटाभट्टामा सम्पूर्ण काँचो इँटा पोलिइसकेपछि अन्तिममा भट्टीको आगो निभाएरैमात्र उनीहरु घर फर्कने गर्दै आएको व्यवसायीहरुले सुनाए ।

यस वर्ष इँटाभट्टाको सम्पूर्ण काम सकिइसकेको संघका अध्यक्ष ह्योम्बाले बताए । त्यसैले अहिले उनीहरु कामविहीन भएका छन् । 'इँटाभट्टाको सबै काम सकिइसकेको छ, उनले भने, 'तर लकडाउनको कारण उनीहरु घर फर्कन पाएका छैनन् ।'

काम पनि नभएको र घर पनि फर्कन नपाउने भएकाले उनीहरुलाई दैनिक खाद्यान्न राहतस्वरुप सातामा ६ सय रुपैयाँ इँटा उद्योग व्यवसायीहरुले सहयोग गर्ने अध्यक्ष ह्योम्बाले बताए ।

‘लकडाउन नखुलेसम्म उनीहरु इँटाभट्टामै बस्छन् । इँटाभट्टामा इन्धनको व्यवस्था छ, उनले भने, 'त्यसैले दाल, चामल, नूनतेललगायत अन्य खाद्यान्नको लागि सातामा ६ सय रुपैयाँ उपलब्ध गराउँछौं ।' अहिले नेपाल-भारत सिमानाका सिल गरिएको छ । त्यसैले अहिले दुई देशका नाका भएर आवतजावत गर्न अनुमति दिइएको छैन ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.