रोल्पा बम विस्फोटमा मृत्यु भएका चारै बालबालिकाको शव पोष्टमार्टमका लागि दाङ पठाइयो

रोल्पा बम विस्फोटमा मृत्यु भएका चारै बालबालिकाको शव पोष्टमार्टमका लागि दाङ पठाइयो

रोल्पा : विष्फोटमा परेर मृत्यु भएका रोल्पाका चार बालबालिकाको शव शुक्रबार मध्यान्ह उठाइएको छ । प्रहरीले घटनास्थल सिल गरी सुरक्षा दिएको थियो । पीडित परिवारले घटनाको निष्पक्ष छानविन हुनुपर्ने, जंगल क्षेत्रमा विष्फोटक पदार्थ हुनसक्ने भएकाले त्यसको खोजी गर्नुपर्ने र उचित क्षतिपूर्तिको माग गरेपछि शव उठाउने कार्य मध्यान्ह १२:३० बजे मात्र संभव भएको हो । 

शव उठाएपछि खड्ग दल गण लिबाङ र दाङको घोराहीस्थित ऋतुमर्दन गणबाट खटिएको डिस्पोजल टोलीले घटनास्थलमा भेटिएको विष्फोटक पदार्थलाई डिस्पोज गरेको हो ।

ऋतुमर्दन गणबाट मेजर निमेश पन्थीको टोली घटनास्थल पुगेको थियो । बिहीबार साँझ ६ बजे विष्फोटमा परी त्रिवेणी गाउँपालिका-७ गैरीगाउँ मतिगातिनामा एकै घरका दुईसहित चार बालबालिकाको मृत्यु भएको थियो । ११ वर्षीय विमला खत्री र ५ वर्षीय विजय खत्री दुई दिदी भाइ हुन् । ओजबहादुरको छोरा १४ वर्षीय नोखिराम डाँगी र त्रिवेणी गाउँपालिका-४ छेपका लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरव नेपालको मृत्यु भएको थियो । गौरव मावल आएका थिए ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार नेपाली सेनाको डिस्पोजल टोली बिहानै घटनास्थल पुगेपनि पीडितको मागका कारण शव उठाउन र डिस्पोज गर्न समय लागेको हो । 

पाँच नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक कर्णबहादुर बुढामगर, जिल्ला प्रहरी प्रमुख प्रनाउ गुरुङ घटनास्थल पुगेका छन् ।

शव पोष्टमार्टमका लागि घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । घटनास्थलमा पुगेको सुरक्षा स्रोतका अनुसार युद्धकालमा जंगलमा छोडिएको टुइन्च मोर्टारको सेल विष्फोट भएको हुनसक्ने बताइएको छ । 

घटनास्थलमा टुइन्च मोर्टारकै नपड्एिको सेल फेला परेको छ । विष्फोट भएको पदार्थ पनि सेलकै टुक्रा रहेको पाइएको जनाइएको छ । घरको दुई सय मिटर नजिकको गहुँबारीमा विष्फोट भएको छ । जंगलबाट फेला पारेर ल्याएको आशंका गरिएको छ । सँगै रहेका चारजनाकै मृत्यु भएकाले अनुसन्धान गर्न कठिन भएको छ ।

पीडित परिवारले उचित क्षतिपूर्ति र न्यायको माग गरेका छन् । सरकार र ठूला पार्टीले घटनाबारे मौनता साधेको भन्दै जिल्लामा तीव्र असन्तुष्टि पोखिएको छ। 

सामाजिक संजालमा 'रोल्पालीले कहिलेसम्म रगत बगाउने' भन्ने प्रश्न गरिरहेका छन् । पीडित परिवारलाई युद्धकालमा मारिएका व्यक्तिका परिवारले पाए सरहको क्षतिपूर्ति हुनुपर्ने माग उठेको छ ।स्थानीयले जिल्लाभर युद्धमा छोडिएका विष्फोटक पदार्थको खोज अनुसन्धान गरी डिस्पोज गर्न सरकारले उचित ध्यान दिनुपर्ने माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.