कालिकोटमा चट्याङ पर्दा एक जनाको मृत्यु, ६ घाइते

कालिकोटमा चट्याङ पर्दा एक जनाको मृत्यु, ६ घाइते

कालिकोट : जिल्लाको सान्नीत्रिबेणी गाउँपालिका वडा नं ८ मुम्रामा बिहीबार राति चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ । घरमा चट्याङ पर्दा एकै परिवारका सदस्य एक जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । 

असीना पानीसँगै चट्याङ पर्दा ५ वर्षका रेखा दमाइको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार रातीको समयमा चट्याङ पर्दा ६ जना घाइते भएका छन् । घाइते हुनेमा वर्ष २३ का धिरेन्द्र धमाइ,  वर्ष ९ का आयुष दमाइ,  वर्ष ५ का निखील  दमाइ,  वर्ष १६ का छत्र दमाइ, वर्ष २१ की गिता दमाइ र  २१ वर्ष की हजुरा दमाइ घाइते भएका हुन् ।

घाइते सबैको  सामुदायिक अस्पताल रास्कोटमा उपचार भइरहेको छ । मृतक रेखा दमाईको सब पोष्टमाटमका लागि जिल्ला अस्पताल मान्म ल्याइएको छ । खरको छाना भएको घरमा चट्याङ पर्दा आगलागी भइ परिवारको विचल्ली भएको छ ।  गाउँपालिकाले  आगलागीबाट बिस्थापित उनीहरुको व्यवस्थापन गर्न पाल, कम्मल, भाँडाकुडा, दाल, चामल उपलब्ध गराएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । 
     

उनका अनुसार हिउँदको सिजनमा घर लगाएर सकेपछि बिहीबार नै विधिपूर्वक दर्जीको परिवार घर प्रवेस गरेका थिए । घरमा प्रबेस गरेकै दिनमा यस्तो घटना घटेपछि गाउँपालीकाले उनको घरमा टिन राख्न सहयोग गर्ने अध्यक्ष शाहीले बताए । नियमित वर्षा र हावा हुरीसहित असिना पानी पर्न थालेपछि स्थानीय किसानहरु पनि चिन्तित भएका छन् । खेतमा पाकिसकेको गहुँ बाली भित्र्याउन लागिरहेका किसानहरु दैनिक वर्षा, हावा हुरी र केही ठाँउमा असिना पानी आउन थालेपछिचिन्तित भएका हुन् । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको रोकथामका लागि सरकारले लकडाउन गरे पनि जिल्लामा स्थानीय किसान भने गहुँ बाली भित्र्याउन ब्यस्त छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.