लकडाउनमै सम्पन्न पुलको ढलान

लकडाउनमै सम्पन्न पुलको ढलान

दोलखा : लकडाउनमै खाडीचौर–जिरी सडकअन्तर्गत चर्नावती खोलामा निर्माणाधीन पुलको आरसीसी ढलान सम्पन्न भएको छ । ३० मिटर लम्बाइ र ११ मिटर चौंडाइको उक्त पुलको मुख्य ढलान कार्य सम्पन्न भएसँगै निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनी ओमबुद्ध कन्सट्रक्सन प्रालिले जनाएको छ । 

लकडाउनकै संकटमा भए पनि पुलको स्ल्याब ढलान कार्य सम्पन्न भएको ओमबुद्ध कन्सट्रक्सन प्रालिका प्रोपाइटर ग्याल्बो तामाङले बताए । स्ल्याव हाल्ने काम सकिएपछि अब टेवा पर्खाल, पुलमा प्रिमिक्स कालोपत्रे गर्ने लगायतका काम गरी असार मसान्तसम्ममा पुल हस्तान्तरण गरिने तामाङको भनाइ छ । आरसीसी प्रिस्ट्रेस्ड प्रविधिबाट निर्माण गरिएको सो पुलको भारवहन क्षमता ७० टनभन्दा बढी हुने डिभिजन सडक कार्यालय चरिकोटका सब–इञ्जिनियर राजेन्द्र कार्कीले जानकारी दिए ।

आरसीसी प्रिस्ट्रेस्ड प्रविधिमा ढलानको अतिरिक्त पुलको विमबाट झोलुङ्गे पुलको जस्तै स्टिलको लठ्ठाहरु छिराइ त्यसलाई तन्काएर भारबहन क्षमतालाई मजबुत बनाइने प्राविधिक कार्कीको भनाइ छ । यो प्रविधिअनुसार ढलान सेट भएपछि लट्ठा तन्काउँदा पुल ७ सेमीसम्म उचाइ बढ्ने बताइएको छ । 

    
२०७३ मंसिर २७ मा ३ करोड ९१ लाख ८५ हजार पाँचसय ७६ रुपैयाँमा सम्झौता भएको पुल २०७५ मंसिर १५ मा सम्पन्न गर्ने गरी ओमबुद्ध कन्ट्रक्सन प्रालिले ठेक्का लिएको थियो । माथिल्लो तामाकोशी आयोजनाका पेनस्टक तथा अन्य हेभी सामानहरु ढुवानी गर्न बनाइएको डाईभर्सनका कारण पुलको जिप तयार गर्न नसकिएकोले पुल निर्माणको म्याद थपिएको प्रोपाइटर तामाङले बताए ।

लकडाउनको विषम परिस्थितिमा सडक कार्यालयको सहयोग तथा प्रशासनको समन्वयको कारण पुल निर्माण सम्पन्न हुने चरणमा पुगेको प्रोप्राइटर तामाङको भनाइ छ । चर्नावती पुल नयाँ डिजाइनको भएकोले अन्य पुलको तुलनामा यो प्रविधिको पुल बाढी पहिरोबाट पनि सुरक्षित हुने प्राविधिकहरुले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.