औषधि र स्वास्थ्य सामग्री लिएर गाउँ पुगे शिक्षामन्त्री
बर्दिबास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल औषधि र स्वास्थ्य सामग्री लिएर महोत्तरी आएका छन्। मन्त्री पोखरेल शनिबार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), थर्मल गन, मास्क, पञ्जालगायतका स्वास्थ्य सुरक्षाका सामग्री लिएर आएका हुन्।
स्वास्थ्य सेवा विभाग, स्वास्थ्य व्यवस्थापन महाशाखा, साझा सहकारी तथा सहयोगी व्यक्ति तथा संघसस्थाबाट प्राप्त स्वास्थ्य सुरक्षा सामग्री मन्त्री पोखरेलले महोत्तरीमा वितरण गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्की, गौशाला नगरपालिकाका मेयर शिवनाथ महतो, भंगहा नगरपालिकाका मेयर सञ्जिव कुमार साह मार्फत गाउँगाउँको अस्पताल तथा स्वास्थ्य संस्थालाई औषधि, सुरक्षाका समग्री तथा उपकरण पठाएका छन्।
स्वास्थ्य सामग्री वितरण कार्यक्रममा राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालको समेत उपस्थिति थियो।