संक्रमितको 'कन्ट्याक्ट ट्रेसिङ' : मर्चवारका २१ जना क्वारेन्‍टाइनमा

संक्रमितको 'कन्ट्याक्ट ट्रेसिङ' : मर्चवारका २१ जना क्वारेन्‍टाइनमा

भैरहवा : रुपन्देहीको कोटहीमाई गाउँपालिकाको २५ वर्षीय कोरोना संक्रमित युवाको सम्पर्कमा आएका २१ जनालाई ट्रेसिङ गरेर क्‍वारेन्टाइनमा राखिएको छ। सीमाबाट आवतजावत बन्द रहेपनि सुरक्षाकर्मीलाई छलेर नेपाल भित्रिएका ती युवक मर्चवार क्षेत्रको तीन वटै गाउँपालिकाको व्यक्तिको सम्पर्कमा आएको खुलेको छ।

रातिको समयमा ठोठरी नाकाबाट प्रवेश गरेका उनले आउने क्रममा बाटोमा आफ्नो दाइ र कोटहीमाई गाउँपालिकाकै एक जना साथीको सिधा सम्पर्कमा आएको ट्रेसिङ गरिएको छ। नेपाल भित्रिएका उनी राति मर्चवारी गाउँपालिकाको आफन्तको घरमा बसेका थिए। त्यसपछि बिहान सम्मरीमाई गाउँपालिका स्थित आफ्नो दिदीको घरमा उनी पुगेर खाना खाएका थिए। त्यसपछि उनका दाईले उनलाई त्यहाँबाट क्‍वारेन्टाइनमा पुर्‍याएका थिए।

सम्पर्कमा आएका संक्रमितको दाई सहित उनको परिवारका ७ जना सदस्य र साथीसहित उनका परिवारका तीन जना सदस्य गरी १० जनालाई क्‍वारेन्टाइनमा राखिएको कोटहीमाई गाउँपालिकास्थित श्री मर्चवार आर्दश उच्च मावि क्‍वारेन्टाइनको व्यवस्थापकिय प्रमुख मोहम्मद नुरुल होदाले बताए। उनले क्‍वारेन्टाइनमा ल्याइएका १० जना स्वाब संकलन गरी परिक्षण लागि पठाइएको बताए।

त्यस्तै संक्रमित मर्चवार गाउँपालिकामा राति बसेको आफन्तको घरपरिवारको चार जना परिवार सदस्यलाई पनि क्‍वारेन्टाइनमा राखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख विनोद बरईले बताए।

यस्तै सम्मरीमाई गाउँपालिका स्थित खाना खाएको घर परिवारका ७ जना सदस्यलाई पनि क्‍वारेन्टाइनमा राखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मुन्सी माझीले बताए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको ट्रेस गरेर क्‍वारेन्टाइनमा राखी स्वास्थ्य परिक्षण गर्न थालिएको र यदि परिक्षणमा थप कोही संक्रमित फेला परेको पुरै मर्चवार क्षेत्रलाई नै सिल गरी त्यही अनुसार योजना बनाएर अघि बढ्ने तयारी रहेको बताए।

कोरोना संक्रमित फेला परेपछि कोटहीमाई गाउँपालिकाको पुर्निहवा गाउँलाई सिल गरी मर्चवार क्षेत्रमा थप कडाई गरिएको छ। संक्रमित युवा अस्थाई विशेष कोरोना अस्पताल बुटवलमा उपचारत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.