एकै विद्यालयमा दुई पटक चोरी

एकै विद्यालयमा दुई पटक चोरी

ओखलढुंगा : सिद्धिचरण नगरपालिका-२ स्थित रक्तमाला आधारभूत विद्यालयमा चार दिनको फरकमा दुई पटक चोरी भएको छ। बितेको ४ दिनभित्र विद्यालयमा दोस्रो पटक चोरी भएको हो।

उक्त विद्यालय शुक्रबार राति चोरी भएको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जीवन कटवालले जानकारी दिए। चोरले विद्यालयको ढोका फोरेर ३० हजार मूल्य बराबरको साउण्ड सिस्टम चोरी गरेको  कटवालको भनाई छ। चोरले विद्यालयको करिब २० हजार मूल्य बराबरको डेक्सटप कम्प्युटर समेत फुटाएर क्षति गरेको छ।
पहिलो पटक बैशाख १५ गते राति पनि उक्त विद्यालयमा एक लाख रुपैयाँ बराबरका उपकरण तथा शैक्षिक सामग्री चोरी भएको थियो। चोरले जोड्न तयार गरेर राखिएको सीसी क्यामेरा, शैक्षिक सामग्री, खेलकुद सामग्रीलगायतका शिक्षण सामग्री चोरेका थिए भने विद्यालयको प्रोजेक्टर फुटाइदिएका थिए। विद्यालय चोरीको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। घटनास्थल प्रहरी चौकी निसंखे नजिकै पर्छ। स्थानीयले अनुसन्धानमा प्रहरीको भूमिका प्रभावकारी नभएको गुनासो गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.