सुनचाँदीका कालीगढलाई राहत वितरण

सुनचाँदीका कालीगढलाई राहत वितरण

भक्तपुर : लकडाउन प्रभावित भक्तपुरका सुनचाँदीका गरगहना बनाउने कालीगढहरुलाई खाद्यान्न राहत वितरण गरिएको छ । भक्तपुर सुनचाँदी व्यवसायी संघले भक्तपुरमा रहेका एकसय पचास कालीगढलाई चामल, दाल, गहुँको पीठो, नुन, तेललगायत राहत वितरण गरेको हो ।

संघका अध्यक्ष प्रदीपरत्न शाक्यले भक्तपुरमा रहेका नेपाली तथा भारतीय कालीगढहरुलाई प्रतिव्यक्ति १० किलो चामल, गहुँको पीठो ५ किलो, दाल २ किलो, चिनी एक किलो, तेल एक लिटर र मस्यौरा २०० ग्राम राहत वितरण गरिएको जानकारी दिए ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापनको लागि सरकारले घोषणा गरेको देशव्यापी लकडाउन जारी रहेको छ । लकडाउन लम्बिएसँगै कालीगढहरुलाई समस्या भएको जानकारी आएपछि उनीहरुलाई रहात वितरण गरिएको अध्यक्ष शाक्यले बताए ।

‘लकडाउनले सबै सुनचाँदी पसल बन्द छन्’, उनले भने, ‘पसलभन्दा हुँदा कालीगढहरु पनि कामविहीन भए ।’

लकडाउन चाँडै टुंगिएला भन्ने आशमा रहेको तर यो लम्बिएपछि आफूहरुलाई खान नै समस्या भएको कालीगढहरु बताउँछन् । उनीहरुका अनुसार एकमहिना त जसोतसो दैनिकी गुज्रेको तर लकडाउन बढेपछि काम पनि नभएको र खाद्यान्नसमेत अभाव भएको उनीहरुको भनाइ थियो ।

सुनचाँदीका कालीगढहरुले स्थानीय तह तथा अन्य संघसंस्थाबाट ुमेत राहत पाउन नसकेपछि संघले राहत व्यवस्थापन गरेको अध्यक्ष शाक्यले स्पष्ट पारे ।
भक्तपुरमा करिब तीनसय सुनचाँदी व्यवसायीहरु रहेका छन् । अहिले लकडाउनले सुनचाँदी पसलमात्रै बन्द छैन । सर्वसाधारणका विवाह, ब्रतवन्धलगायतका शुभकार्यसमेत ठप्प छन् । जसले गर्दा सुनको व्यापार पनि शून्य रहेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । तर सुन खेल जाने तथा नासिने वस्तु नभएकाले व्यवसायीहरुले घाटा व्यहोर्न नपरे पनि आफ्नो आर्थिक आयस्ता भने प्रभापित भएको उनीहरुको भनाइ रहेको छ ।

व्यवसायीहरुका अनुसार सुनचाँदीका नयाँ नयाँ डिजाइन आउने भएका कारण स्थानीय कालीगढहरु विस्थापित हुँदै आएका छन् । यहाँका मौलिक सुनचाँदीका गहनाको माग तथा प्रयोग घट्दै आएकाले स्थानीय कालीगढहरु पनि विस्थापित हुँदै आएको भक्तपुर सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष पद्मसुन्दर शाक्यले बताए ।

स्थानीय कालीगढ विस्थापित हुँदै गएपछि उनीहरुको ठाउँ भारतीय कालीगढहरुले लिएको उनको भनाइ थियो ।
‘स्थानीय मौलिक गरगहनाको प्रयोग नै हुन छोडेको छ । त्यसैले स्थानीय कालीगढहरु पनि विस्थापित हुँदै आएका छन्’, पूर्वअध्यक्ष शाक्यले भने, ‘अहिले स्थानीय कालीगढको ठाउँ भारतीय कालीगढहरुले लिएका छन् ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.