भैरहवा प्रयोगशालामा कोरोना परीक्षण रोकियो

भैरहवा प्रयोगशालामा कोरोना परीक्षण रोकियो

भैरहवा : भैरहवामा स्थापना गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कोरोनाको परीक्षण रोकिएको छ । प्रयोगशालामा परीक्षणका लागि आवश्यक साम्रगीको अभाव भएपछि कोरोनाको परीक्षण रोकिएको हो ।

रुपन्देहीमा एकजना कोरोना संक्रमित पुष्टि भएपछि संक्रमितको सम्पर्कमा १० जनाको पीसीआर परीक्षण पछि परीक्षण रोकिन पुगेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा.राजेन्द्र गिरीले बताए ।

उनका अनुसार प्रयोगशालामा 'आरएनए एक्सट्रयाक्सन किट' को अभावले परीक्षण रोकिन पुगेको छ । यो किट प्राय एक व्यक्तिको स्वास्थ्य परीक्षणमा एउटा मात्र प्रयोग हुने गर्दछ । आवश्यकता अनुसार दुई÷तीन वटा पनि हुन सक्ने सम्भवना रहन्छ ।

'रुपन्देहीमा संक्रमित भेटिएपछि त्यहाँको अवस्था भयावह भएको थियो त्यसैले आपतकालिनमा तत्कालै संक्रमितको डाइरेक्ट कन्ट्याक्टमा आएका दाई र साथीको परिवार (दश जना) को परिक्षण गर्यौं,' डा. गिरीले भने, 'त्यसपछि किट सकिएपछि परिक्षणका लागि स्वाब लिन बन्द गरिदिएका छौँ ।'

किटकै अभावमा संक्रमितको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको स्वास्थ्य परिक्षण हुन सकेको छैन । सम्पर्कमा आएका व्यक्तिहरुलाई टे«स गरेर स्थानीय क्वारेन्टाइनमा राखिएको छ । उनले अभाव रहेको किट आएमा दोस्रो चरणमा संक्रमितको सम्पर्कमा आएका अन्य व्यक्ति र संक्रमितको साथमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरिने बताए ।

'अभाव भएको किट बजारमा पाइँदैन, बाहिरबाट ल्याउनुपर्छ, उनले अन्नपूर्णसँग भने, 'यस विषयमा माथि जानकारी गराइसकेका छौँ, एक दुई आउने भन्ने कुरा छ, हेरौँ कहिल्यै आउँछ ? किट आएपछि मात्र परीक्षण सुरु हुन्छ ।'

प्रयोगशालामा हालसम्म ३ सय ३४ जनाको पीसीआर परीक्षण भएको बताइएको छ । यस प्रयोगशालामा प्रदेश पाँचको विभिन्न जिल्लाबाट स्वाब संकलन गरी परीक्षणका लागि आउने गर्दछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.