नुवाकोटका प्रेम लामाको दार्चुलामा मृत्यु

नुवाकोटका प्रेम लामाको दार्चुलामा मृत्यु

दार्चुला : नुवाकोट घर भएर दार्चुला सदरमुकाममा विगत १५ वर्षदेखि मजदुरी गर्दै आइरहेका प्रेम लामाको मृत्यु भएको छ । 

शनिबार दिउँसो महाकाली नगरपालिका ५ गल्फैस्थित रहेको सामुदायिक ग्रामीण विकास समाज नेपालको कार्यालय पछाडि अचेत अवस्थामा फेला परेका ४५ वर्षीय लामालाई स्थानीयले जिल्ला अस्पताल ल्याएका थिए । 

अस्पताल ल्याएको ३ घण्टा पछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । 

लामाले दैनिक जसो मादक पदार्थ सेवन गर्थे । मादक पर्दाथ सेवनकै कारण मृत्यु भएको अनुमान गरिएको छ ।

लामाको शव अहिले जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । लामाको मृत्युपछि उनका आफन्तलाई बोलाउने प्रयास भइरहेको निमित्त प्रहरी प्रमुख जोशीले जानकारी दिए । नुवाकोट प्रहरीसँगगको सम्पर्कका आधारमा उनका आफन्तलाई खबर गरिएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.