बजेट अधिवेशन बैशाख २६ बाट

बजेट अधिवेशन बैशाख २६ बाट

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २६ गतेका लागि संसद्को बजेट अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्ले आइतबार राष्ट्रपति समक्ष अधिवेशन आह्वानको सिफारिस गरेको थियो।

कोरोना संक्रमणबाट बच्न भन्दै सरकारले बैशाख २५ सम्म लकडाउन घोषणा गरेको छ। २६ गतेबाट बजेट अधिवेशन सुरु हुने भएकाले लकडाउन खुकुलो हुने अनुमान गरिएको छ। लकडाउनबीच अधिवेशन बस्न कठिनाइ हुने संसद्का अधिकारीहरू बताउँछन्। जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ। गत वर्षभन्दा यसपटक १० दिन ढिलो गरी अधिवेशन बस्न लागेकाले बजेट पूर्वका तयारीका लागि समय चापाचाप हुने सचिवालयका कर्मचारी बताउँछन्।

बजेट अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, त्यसलाई पारित गर्नुपर्ने र १५ दिन अगावै प्रिबजेट छलफल सम्पन्न गर्नुपर्ने हुन्छ। सविधानको धारा ११९ को उपधारा (३) मा अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसद्मा पेश गर्नुपर्ने व्यवस्था छ। बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुपर्छ। अधिवेशन आह्वान भएपनि सरकारले नीति तथा कार्यक्रम पहिले कि प्रिबजेट छलफल पहिले गर्ने भन्ने जानकारी संसद्लाई गराएको छैन। ‘यो विषयमा सरकारसँग कुराकानी हुन बाँकी छ’, संसद्का कार्यवहाक महासचिव गोपालनाथ योगीले भने।

अधिवेशन आह्वान भएपनि सरकारले नीति तथा कार्यक्रम पहिले कि प्रिबजेट छलफल पहिले गर्ने भन्ने जानकारी संसद्लाई गराएको छैन।

यसअघि सभामुख अग्नि सापकोटाले गत बुधबार प्रधानमन्त्री केपी ओलीलाई भेटेर अधिवेशन आह्वान र बजेट सार्वजनिक गर्ने क्यालेण्डरबारे जानकारी गराएका थिए। सचिवालयको क्यालेण्डर सरकारको सहमतिमा टुंगो लाग्न बाँकी छ। संविधान र संसद् नियमावलीले तोकेका सबै प्रक्रिया पुरा गर्ने तर विषम परिस्थितिका कारण ती प्रक्रिया छिटो छरितो सम्पन्न गनुपर्ने संसद्का पदाधिकारी बताउँछन्। अधिवेशन आह्वानसँगै सामाजिक दुरी र कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाबारे सचिवालयले तयारी गरिरहेको राष्ट्रियसभा सचिव राजेन्द्र फुँयालले जानकारी दिए।

प्रधानमन्त्री ओलीले गत बुधबार संसद् भवनको निरीक्षण गरी बैठक कक्षको व्यवस्थापन, माइक र स्वास्थ्य सुरक्षाबारे जानकारी लिएका थिए।

राष्ट्र«पतिबाट सरकारको वार्षिक नीति तथा कार्यक्रमको सम्बोधन गर्ने दिन र बजेट भाषणका दिन दुवै सदनका ३ सय ३४ जना सांसदको संयुक्त बैठक बस्ने गर्छ। कोरोनाको संक्रमणका कारण संयुक्त बैठक सञ्चालनमा जोखिम उत्पन्न हुन सक्ने भन्दै सचिवालयका अधिकारी चिन्तित छन्। सचिवालयले सामाजिक दूरी कायम गर्न दुई कुर्सीको बीचमा एक कुर्सी छाडेर सांसदलाई बस्ने व्यवस्था गरिरहेको, स्यानिटाइजर, मास्क, पञ्जालगायतका सामग्रीको प्रयोग गर्ने तयारी गरिरहेको छ।

संसद् बैठकमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका विषयमा केही दिनअघि स्वास्थ्य सेवा विभागका चिकित्सकले पनि संसद् भवनको निरीक्षण गरेका र उनीहरूले दिएका सुझाव कार्यान्वयनका लागि कार्यव्यवस्था परामर्श समितिमा राखिने कार्यवाहक महासचिव योगीले जानकारी दिए। बजेट क्यालेण्डर र स्वास्थ्य सुरक्षाबारे छलफल गर्न केही दिनभित्रै कार्यव्यवस्थाको बैठक बसाउने तयारी भइरहेको सचिवालयले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.