काम गरेपछि मात्र राहत

काम गरेपछि मात्र राहत

धादिङ : कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन देशभर लकडाउन छ। दैनिक काम गरेर खानेहरूले पनि बिहान बेलुकाको छाक टार्न अब सरकारकै भर पर्ने अवस्था आइलागेको छ। धादिङको नेत्रावती दवजोङ गाउँपालिकाले भने काममा आधारित रहेर खाद्यान्न वितरण गर्ने नीति लिएको छ।

राहत प्याकेजले मान्छेलाई अल्छी बनाउने र सधैं भर परेर बस्ने बानी विकास हुने भएकाले पालिका भित्रका गरिब तथा विपन्न र दैनिक ज्याला मजदुरीमा आश्रित परिवारका एक सदस्यलाई श्रममा आधारित रोजगार कार्यक्रम सुरु गरेको अध्यक्ष दुर्गानारायण शाक्यले बताए। उनले भने, ‘नेपाल सरकारले तोके बमोजिमको राहत प्याकेज छनोट भएका सबै विपन्न र मजदुरलाई वितरण गर्‍यौं। तर, त्यो राहतले मात्र गुजारा चलाउन कठिनाई हुने निश्चित नै छ, त्यसैको समाधान गर्न आपतकालीन रोजगारस्वरूप श्रममा आधारित रोजगार कार्यक्रम सञ्चालन गरेका हौं।’ काम गर्ने मजदुरहरू वडाबाटै छनोट गरी वडाकै सार्वजनिक निर्माणमा लगाउने र गाउँपालिकाले निर्धारण गरेको सात सय ५० रुपैयाँ दैनिक ज्याला दिने गरी वडा नं. ३ बाट वैशाख १५ गतेदेखि काम सुरु गरेको हो।

कार्यक्रमअन्तर्गत सडक मर्मत सुधार, खानेपानी मर्मत सुधार तथा मुहान सरसफाई, चौतारा निर्माण, कुलो मर्मत तथा सुधार छन्। सम्बन्धित वडामा काम पूरा भए अर्को वडामा समेत काम गर्न पाउने गाउँपालिकाले जनाएको छ। काम गर्ने मजदुरहरूको स्वास्थ्य र सुरक्षाका लागि सबै प्रक्रिया अपनाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक एवं सूचना अधिकारी कृष्णबहादुर पौडेलले जानकारी दिए। अहिले मजदुर र विपन्न परिवारमा देखिएको खाद्यान्न संकट टार्न तत्काल खाद्यान्न वितरण गरेर समस्या समाधान नहुने भन्दै कामका आधारमा नगद÷खाद्यान्न वितरण गर्ने नीति बनाइएको पालिकाले जनाएको छ।

‘यसले दुईवटा फाइदा हुन्छ, एउटा जसलाई खाद्यान्न अति आवश्यक छ ऊ काममा आउने भयो, राहत दुरूपयोग हुने भएन’, अध्यक्ष शाक्यले भने, ‘अर्को, वडाका सार्वजनिक संरचनाहरूको पनि मर्मत सुधार हुने भयो।’ काम गर्ने श्रमजीविहरूको पनि वडा वडाले टुङ्गो लगाइसकेको छ। वडा नं. १ मा ३५ जना, २ मा ३० जना, ३ मा २७ जना, ४ मा ३५ जना र ५ मा ३५ जना गरी जम्मा १ सय ६२ जना बेरोजगारलाई तत्काल रोजगार आवश्यक भएकाले व्यवस्था मिलाइएको छ। बन्दाबन्दीको समय लम्बिए मजदुरी गर्नेको संख्या थपिन सक्ने पालिकाले जनाएको छ। कृषिको काम गर्न पनि सकेसम्म एकापरिवार र अर्मपर्म गर्नु परे पनि थोरै संख्यामा खेताला बोलाएर काम गर्न गाउँपालिकाले आग्रह गरिरहेको छ।

यो गाउँपालिका नेपालमा कोरोना संक्रमण देखिएको तेस्रो व्यक्ति बसोबास गर्ने गाउँपालिका हो। उनी अहिले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। गाउँपालिकामा भारतसहित अन्य देशबाट लकडाउनको अवधिमा फर्केको संख्या ९० जना, काठमाडौंबाट गाउँपालिकाले नै ल्याएको दुई सय २० जना, अन्य संयन्त्रबाट आउने एक सय जना र जिल्ला भित्र मजदुरी गरेर फर्केको संख्या २० जना रहेको गाउँपालिकाले जनाएको छ। गाउँ फर्केका धेरैजसो होम क्वारेन्टाइन बसेर घर फर्केका छन् भने पछिल्लो समय राजधानीलगायत देशका विभिन्न भागबाट फर्केकालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.