सिम्रिकको हेलिकोप्टरबाट सुत्केरीको उद्धार

सिम्रिकको हेलिकोप्टरबाट सुत्केरीको उद्धार

धनगढी : बझाङकी ३३ वर्षीय एक सुत्केरीको सम्रिक एयरको हेलिकोप्टरबाट उद्दार गरी काठमाडौं ल्याइएको छ। बझाङमा शल्यक्रिया गरी शिशु जन्माएकी महिलाको स्वास्थ्यमा  अचानक गम्भीर  समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको थियो। अवस्था गम्भीर रहेको र त्यहाँ उपचार संभव नहुने भएपछि उनलाई हेलिकोप्टरबाट राजधानी ल्याइएको थियो।

बझाङ केदारस्यु गाउँपालिका ३३ वर्षीय जानकीदेवी रावलको शल्यक्रिया गरी शिशु जन्माएकी थिइन् ।सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको पहलमा हेलिकोप्टरबाट उनको उद्धार गरिएको हो।

सेतीमा उपचार सम्भव नभएपछि सिम्रिक एयको हेलिकोप्टरमार्फत काठमाडौं पुर्‍याएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए ।

उनको राजधानीको टिचिङ अस्पतालमा उपचार भइरहेको छ र स्वास्थ्यमा क्रमश सुधार भइरहेको धामीले अन्‍नपूर्ण अनलाइनसँग बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.