लकडाउनमा खुलेको बराहपोखरी (फोटोफिचर)

लकडाउनमा खुलेको बराहपोखरी (फोटोफिचर)

बेंसीसहर : वरिपरि सेता हिमाल । हरियो खर्क, समथर मैदान । वनभरी फुलेका विभिन्न रङ्गका लालिगुराँसले बराहपोखरी तालको सौन्दर्य बढाएको छ । पर्यटकीय गन्तव्यमा प्रख्यात बराहपोखरी लमजुङको मस्र्याङ्दी गाउँपालिका ८ भुलभुलेमा पर्छ । प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक महत्वको यस क्षेत्र कोरना संक्रमक्रणका कारण जारी लकडाउनमा झनै मुस्कुराएको छ ।

यसअघि वैशाख र भदौ पूर्णिमामा पूजाआज गर्न भक्तजनहरु पुग्ने गर्दथे । लकडाउनकमा गाउँमै थुनिएका मस्र्याङ्दी गाउँपालिकाका स्थानीय यतिबेला बराहपोखरीको यात्रा गरिरहेका छन् । दैनिक १०÷१५ जनाको समूहमा आन्तरिक पर्यटक बराहपोखरी पुग्ने गरेका छन् ।

समुन्द्री सतहबाट तीनहजार ६ सय ५० मिटर उचाइमा रहेको बाह्रपोखरीबाट अन्नपूर्ण र मनास्लु हिमशृंखला अन्तर्गतका दर्जनौ हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।  धार्मिक तथा प्राकृतिक रुपमा महत्वपूर्ण यसक्षेत्रको संरक्षण गर्नसके आन्तरिक मात्रै होइन, बाह्य पर्यटकसमेत तान्न सकिन्छ । यहाँ मानव बस्ती नहुँदा खानाको व्यवस्था आफैँ गर्नुपर्छ ।

उच्च लेक र बढी चिसो भएकोले जुनसुकै समयमा पनि बाक्ला कपडा लिएर जानुपर्छ । गर्मी मौसममा भेडीगोठ र गाईगोठ पोखरी नजिकैका खर्कहरुमा पुग्छन् । खर्कमा भेटिने भेडिगोठलेपनि पदयात्रीलाई रोमाञ्चित बनाउँछ । 

बाह्रपाखरी क्षेत्रमा एउटा मात्र ठाँटी छ । त्यहाँ भएको ठाँटीमा सबै पदयात्रीहरु अटाउँदैनन् । टेन्ट, त्रिपाल, रुखको फेद वा पहरामा ओत लागेर बस्न सकिन्छ ।  बराहपोखरी जानको लागि मस्र्याङ्दी गाउँपालिकाको खुदी, भुलभुलेबाट भुष्मेहुँदै, बेंसीसहरबाट चिति माझगाउँ, पुरानो दुबार हुँदै जान सकिन्छ । यस्तै, छिनखोला, दुबारबाट पनि एकै दिनमा पुग्न सकिन्छ ।

गाउँपालिकाबाट रोक 

लकडाउनको समयमा दैनिकजसो आन्तरिक पर्यटकहरु बराहपोखरी घुम्न जान थालेपछि मस्र्याङ्दी गाउँपालिकाले पदयात्रामा रोक लगाएको छ । बराहपोखरी, हर्सिङडाँडा, तातोपानी कुण्डलगायतका क्षेत्रमा जान रोक लगाइएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । गाउँपालिकाले रोक लगाए पनि सो क्षेत्रमा घुम्ने पर्यटक रोकिएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.