भारतबाट आएका नेपालीलाई पुनः भारतमै फर्काइयो

भारतबाट आएका नेपालीलाई पुनः भारतमै फर्काइयो

जनकपुरधाम : भारतको विभिन्न स्थानबाट नेपाल भित्रिएका २४ नेपालीलाई पुनः भारतीय क्‍वारेन्टाइनमा फर्काइएको छ। धनुषाको महिनाथपुर र ईनर्वा क्षेत्रबाट नेपाल प्रवेश गरेका २४ जनालाई सशस्त्र प्रहरीले रोकेर दुई राखी नेपालमा राखी पुनः भारती तर्फ पठाइएको छ।आइतबार रातिदेखि महिनाथपुर १३ र इनर्वा नाकामा सोमबार बिहान आइपुगेका ११ जनालाई भारतीय क्‍वारेन्टाइन पठाइएको छ। भारतीय क्‍वारेन्टाइनमा १५ दिन बिताएर बालबच्चासहित भारतीय क्‍वारेन्टाइनको कागजपत्र लिई नेपाल फर्किएकालाई सशस्त्र प्रहरीले दुई दिन राखी भारत तर्फ पर्काएको छ।

अलपत्र परेका मध्ये महोत्तरीको भंगहा नगरपालिकाका सितापुरका यन्दल सदाले एउटा रुखको सहारामा वर्षा तथा घाम छल्नुपनरेको दुःखेसो पोखे। उनले भने, ‘हामीलाई भारतको बिहार राज्य राजनगर स्थित सिमरीमा १५ दिन क्‍वारेन्टाइन राखी चेकजाँच पश्चात हामी नेपाली सिमा सम्म आइपुग्यौं, तर यहाँ आएर सशस्त्र प्रहरीले दिएन, माथिको आदेश आए मात्र जान दिने भन्छन, हामीलाई खुल्ला चौरमा राखिएको छ, न पानी छ न खाना, रातिमा मच्छरले समेत सुत्नै दिदैन।' सीमामा अलपत्र परेका मध्ये कमला नगरपालिकाका दिलिप मण्डल खत्वेले भारतमा १५ दिन क्‍वारेन्टाइन बसेर आएपनि पुनः भारततर्फ फर्काईनु दुःखद रहेको बताए। उनले भने, ‘हामीलाई कुनै स्कुलमा राखिदिए पनि हुन्छ, तर भारतमा नफर्काईयोस, आफ्नो देश जस्तो अरु ठाउँ कहाँ हुन्छ, बरु देशको माटोमा आइसक्या छु, अब यहाँबाट फेरी भारत जान्न।’ बालबच्चासहित भारतबाट नेपाल फर्किन लागेका उनीहरुलाई मंगलवार पुनः भारतीय प्रहरी मार्फत उतै पठाईएको सशस्त्र प्रहरी उपरिक्षक राजेश उप्रतिले जानकारी दिए। उनले भने, ‘नेपालमा रहेकोलाई नेपालमै राख्ने र भारतमा रहेकोलाई भारतमै राख्ने माथिल्लो स्तरमै सहमति भएको छ, हामीले केही गर्न सक्दैनौं, हामी त कानूनको कार्यान्वयन निकाय मात्र हो।’

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले संघीय सरकारले सिमामा प्रदेशसरकारसंग संघीय सरकारको समन्वयन नभएकाले नेपालीहरु यसंतो विपद्को बेला समेत भारतीय भुमिमा बस्न बाध्य भएको बताए। उनले भने, ‘भारतीय क्‍वारेन्टाइनबाट नेपाल आइसकेकोलाई फेरी भारत फर्काउन मिल्दै, मिल्दैन, हाम्रो देशको हाम्रो प्रदेशका् नागरिक हो, कसरी राख्ने हाम्रो जिम्मेवारी हो, तर सुरक्षा निकाय हामीलाई जानकारी गराएन, संघीय सरकारले जे भन्यो, त्यही मान्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.