लकडाउनमा बस फुटाएर टेलिभिजन चोर्ने गिरोह पक्राउ

लकडाउनमा बस फुटाएर टेलिभिजन चोर्ने गिरोह पक्राउ

धादिङ : लकडाउनमा बसपार्क तथा अन्य ठाउँमा थन्किएका गाडी फुटाइ एल इ डी टेलिभिजन चोर्ने समूहलाई धादिङ प्रहरीले पक्राउ गरेको छ ।  ६ वटा बस फुटाएर त्यसभित्र जडान गरिएका एलइडी टेलिभिजन सेट र म्युजिक प्लेयरलगायतका सामान चोरी गर्ने कार्यमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका ५ बस्ने अभिषेक श्रेष्ठ, श्याम श्रेष्ठ र अजय श्रेष्ठ रहेका छन् । टीभी चोर्ने समूहमा रहेका एकजना भने फरार छन् । फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए ।

लकडाउनपछि धादिङवेसीका विभिन्न स्थानमा पार्किङ गरी राखिएको धादिङ मण्डली यातायात प्रालिद्वारा संचालित बा ४ ख ७३८०, ना ४ ख २८९१, ना ६ख ९१३० र लु २ ख १९५४ नम्बरका तीनवटा बसबाट टेलिभिजन र म्युजिक प्लेयर चोरी भएको बारे धादिङ प्रहरीमा उजुरी परेको थियो । 

उजुरीपछि छानविन अनुसन्धान गर्दै जाँदा चोरी भएको एलइडी टेलिभिजन र म्यूजिक प्लेयरसहित उनीहरुलाई धादिङको सिद्धलेक गाउँपालिकाबाट पक्राउ गरिएको सुचना अधिकारी खड्काले जानकारी दिए । 

पक्राउ परेकाहरुको साथबाट चोरी गरिएका एलइडी टेलिभिजन ६ थान, म्यूजिक प्लेयर ३ थान, स्पिकर २ थान, चोरी गर्न प्रयोग भएका औजारहरु ४ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाइ चोरी मुद्दामा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.