घरमै पुगेर समाजिक सुरक्षा भत्ता वितरण

घरमै पुगेर समाजिक सुरक्षा भत्ता वितरण

जनकपुरधाम : गौशाला नगरपालिकाले घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । झण्डै डेढ महिनादेखि लकडाउनका कारण आर्थिक समस्यामा परेका र बैंक तथा वित्तीय संस्था समेत नियमित नखुलेकाले जेष्ठ नागरिकको सहजताका लागि घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

गौशाला नगरपालिकाका ९ वटै वडाका सुरक्षा भत्ता बैंक खातामार्फत उपलब्ध गराउँदै आएकोमा कोरोना संक्रमणको जोखिमका कारण बैंक तथा वित्तीय संस्था नखुलेकाले घरघरमै सामाजिक सुरक्षा भत्ता विवरण गरिएको नगरपालिकाका प्रमुख शिवनाथ महतो (भोला)ले जानकारी दिए ।

उनले दसैं अगाडि पहिलो चौमासिक भत्ता वितरण गरिएपनि त्यसपछि समाजिक सुरक्षा भत्ता वितरण हुन नसक्दा कतिपयलाई अपठ्यारो परेको बताए । उनले भने, 'नगर क्षेत्रभित्रका जेष्ठ नागरिक, दलित, अपांङ्ग, एकल महिलालगायतलाई आर्थिक समस्या परेको गुनासो आएपछि घरमै गएर समाजिक सुरक्षा भत्ता वितरण गरिएको हो।'

लकडाउनका कारण आर्थिक समस्यामा परेकालाई सामाजिक सुरक्षा भत्ताले ठूलो राहत दिएको गौशाला नगरपालिका नगरपालिका १ का वडाअध्यक्ष भीमबहादुर राणाको भनाइ छ । 

वडाध्यक्षको अगुवाइमा वडा सदस्य र सचिवको सहभागितामा पारदर्शी ढंगबाट लाभग्राहीको हात-हातमा सामाजिक सुरुक्षा भत्ता उपलब्ध गराइएको वडा सचिव धर्मराज बस्नेतले जानकारी दिए । 

उनले भने, 'लकडाउनमा वृद्ध, अशक्त, अपांगका लागि समाजिक दुरी कायम राख्दै वितरणमा तीव्रता दिएका छौं, उहाँहरु पनि पालैपालो आएर समाजिक सुरक्षा भत्ता बुझिरहनु भएको छ ।'
अपठयारोमा घरघरमै समाजिक सुरक्षा भत्ता वितरण सराहनीय कार्य भएको स्थानीय दिपेन्द्र महतोले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.