सुस्त मनस्थितिका पुरुषलाई अभद्र व्यवहार गर्ने पक्राउ

सुस्त मनस्थितिका पुरुषलाई अभद्र व्यवहार गर्ने पक्राउ

भैरहवा : रुपन्देहीमा सुस्त मनस्थितिका पुरुषलाई अभद्र  व्यवहार गर्ने अर्का एक पुरुष पक्राउ परेका छन्। जिल्लाको मायादेवी गाउँपालिका १ स्थित २७ वर्षीय हिरा (परिवर्तित नाम)ले सोही स्थानका सुस्त मनस्थितिका ३२ वर्षीय सोनु (परिवर्तित नाम)लाई ‘बलात्कार’गरेको घटना बाहिर आएको हो।

प्रहरीका अनुसार मन्दिरमा बसेको बखत हिराले सोनुलाई मन्दिर पछाडि ‘अप्राकृतिक मैथुन’गरिरहेको अवस्था स्थानीय महिलाले देखेपछि घटना बाहिर आएको हो।

सुस्त मनस्थितिका पुरुषलाई अप्राकृतिक मैथुन गर्ने मायादेवी गाउँपालिका १ दुबिहवाका हिरालाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको रुपन्देही इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक ईश्वर कार्कीले बताए।

पीडितले किटानी जाहेरी दिएपछि प्रहरीले ती युवकलाई पक्राउ गरी मुद्दा दर्ता गरेको हो। पीडितको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका युवक उपर सार्वजनिक स्थानमा अप्राकृतिक मैथुन मुद्दा दायर गरी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले बताए। उनका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट ६ दिनको म्याद थप भएको छ।

मुलुकी अपराध संहिता २०७४ को दफा १२३ मा कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौन क्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्न नहुने उल्लेख छ। कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.