मास्क व्यापारीको भेषमा काठ तस्करी

मास्क व्यापारीको भेषमा काठ तस्करी

बर्दिबास : महोत्तरीको बर्दिबास-४ माइस्थानबाट दुईजना काठ तस्कर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका-३ का रमेश परियार र धनुषाको मिथिला नगरपालिका-१० का सोमबहादुर परियार रहेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त साहले जनाए ।

उनीहरुलाई सशस्त्र वन सुरक्षा शाखा माइस्थानको हिरास्तमा राखिएको छ । कार्यालय परिषरबाट उनीहरुले सखुवाको ६ थान फेन्टा(चिरान काठ) ४.४८ क्यूफिट काठ तस्करी गरेर लगेका थिए । 'हाम्रो नियन्त्रणमा रहेका रमेश परियार व्यापारीको भेषमा मास्क बिक्री गर्दै हाम्रो कार्यालय परिसरमा आएका थिए,'प्रमुख साहले भने, 'हाम्रो कर्मचारीले मास्क किनेनन् । उनी कार्यालयमा राखेको सखुवाको काठमा नजर लगाएर फर्कियो । राती आएर उनीहरुले काठ तस्करी गरेर घर पुर्‍यायो ।'

पत्ता लगाउँदै जाँदा दिउँसो मास्क बिक्री गर्न आएका रमेशले कार्यालयबाटै राती अध्याँरो भएको मौका छोपेर काठ तस्करी गरेर लगेको रहस्य खुलेको उनले बताए ।लकडाउनको मौकामा तस्करले वनबाट तस्करी गरि लैजाँदै गरेको काठ वनका कर्मचारीले बरामद गरेर कार्यालयमा कारवाहीका लागि राखेका थिए । सोही काठ फेरी रमेशको समूहले चोरीतस्करी गरेर घर पछाडि घाँसपातले छोपेर लुकाएका थिए । बिक्री गर्न सुरसारमा रहेका उनीहरुलाई काठ सहित रेन्जर सन्तोष यादवको नेतृत्व टोलीले चोरीएको काठ सहित उनीहरुलाई पक्राउ गरिएको हो ।

'लकडाउन रक्सी र मासु खाने मन भयो । तर, गोजीमा रुपैयाँ नभएपछि उनीहरु काठ चोरी गर्न वन कार्यालय आएका थिए, 'प्रमुख साहले भने ।लकडाउनको अवधिमा डिभिजन वन कार्यालय महोत्तरीले चारजना काठ तस्करलाई पक्राउ गरेको छ । तस्कारी गर्न लागिएको साललगायत अन्य जातका ३ सय क्युफिट काठ बरामद गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.