म त भाग्यमानी
छानेर नि हैन, हैन जानी-जानी
आहा ! कति भाग्यमानी ?
मेरा देशवासी
सेवा गर्न यीनको पाएँ
कति भाग्यमानी
म त कति भाग्यमानी ?
चाहिएन धन दौलत
दुःख, सुख सहन्छु
संकल्प र बाटो लिएँ
देश सेवा रोजी
सबैभन्दा ठूलो सुख
इमानको काम
रमेको छु यसैमा म
कति भाग्यमानी ?
- २४ फागुन २०७६
सीसीयू, टीयूटीएच
२०७६ फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफलता भएपछि क्रिटिकल केयर यूनिटमा रहँदा चौथों दिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचिएको गीत हो।