जनकपुरका पत्रकारको स्वाब परीक्षण
जनकपुरधाम : विश्व कोरोना (कोभिड-१९) को महामारीबाट गुज्रिरहेको अवस्थामा अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारको स्वायव परीक्षण गरिएको छ । जनकपुरमा रहेर कोरोना महामारीको स्थलगत समाचार संकलनमा खटिएका पत्रकारको स्वायव परीक्षण गरिएको हो ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको आयोजना तथा नेपाली सेना महेन्द्रनगर रणभिम गणको सहयोग तथा प्रादेशिक अस्पताल जनकपुरधामको प्राविधिक प्रयोगशालाको टोलीले २५ जना पत्रकारको स्वायव परिक्षण गरिएको छ।
समाचार संकलनको क्रममा बाहिर अहोरात्र खटिएका पत्रकारको थ्रोट र नोजल स्वाब संकलन गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रले जानकारी दिए ।
अध्यक्ष मिश्रले भने, 'महासंघले कोरोना महामारीको समयमा संक्रमणको जोखिम उठाएर जनतालाई सूचनामार्फत सू-सूचित गराउन जुटेकाको परीक्षण गरिएको हो, अझ भन्ने हो भने समाजमा कोरोना परीक्षण गराउन सर्वसाधारण हिच्किचाइ रहेको बेलामा उनीहरुलाई स्वः स्फूर्त रुपमा कोरोना प्रति जनचेतना जगाउन समेत पत्रकारको परीक्षण गरेको हो ।'
प्रदेश २ प्रदेश पत्रकार महासंघका महासचिव किरण कुमार कर्णले कोरोना महामारी विश्वभर फैलिरहेको बेलामा अहोरात्र लकडाउनमा जनताको सूचनाका लागि खटिएका पत्रकार स्वायव परीक्षण गर्नु÷गराउनु सकारात्मक हुने बताए ।
उनले भने, 'यसले अरुलाई समेत कोरोनाको आशंका भए परीक्षण गराउन सहयोग मिल्छ, मानिस स्वः स्फूर्त रुपमा परीक्षण गराउन आकर्षित हुन्छ ।'