लकडाउनमा ७ लाख मूल्यको मदिरा बरामद्
धनगढी : कैलालीमा लकडाउनको अवधिमा ठूलो परिमाणको मदिरा बरामद् गरेको छ ।लकडाउनमा प्रहरीले ७ लाख मूल्य बराबरको मदिरा बरामद गरेको हो । जिल्लाका विभिन्न स्थानबाट ६ लाख ८८ हजार चार सय ७६ मूल्य बराबरको मदिरा बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
लकडाउनमा जिल्लाको विभिन्न स्थानमा ओसारपसार गरिरहेको एवंम् वेवारिसे अवस्थामा छाडिएको समेत गरी उक्त परिमाणको मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
जिल्लाको पर्वी क्षेत्र टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न वडाबाट एक हजार दुई सय ६२ बोतल र ६ हजार आठ सय लिटर घरेलु मदिरा बरामद गरेको हो । बरामद गरिएको अवैध घरेलु मदिरा जनप्रतिनिधिलगायतको रहोबरमा नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।