होम क्‍वारेन्टाइनमा बसेका हिँडडुलमा

होम क्‍वारेन्टाइनमा बसेका हिँडडुलमा

नुवाकोट : एक हजारभन्दा बढी मानिस होम क्‍वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। तर, उनीहरू जथाभावी हिँडिरहेको स्थानीयले बताएका छन्।

स्वास्थ्य कार्यालयका अनुसार विदुर र बेलकोटगढी नगरपालिकाका साथै १० गाउँपालिका रहेको नुवाकोटमा एक हजार एक सय ७७ जना होम क्वारेनटाइनमा बसेका हुन्। जसमध्ये सबैभन्दा बढी म्यागङ गाउँपालिकामा ४ सय १० छन्। पूर्वी भेगमा रहेको ककनी र शिवपुरी गाउँपालिकाका कोही पनि होम क्‍वारेन्टाइनमा छैनन्। पछिल्लो साता काठमाडौंबाट नुवाकोट भित्रिएका कारण होम क्‍वारेन्टाइनसमा बस्नेको संख्या बढेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए। पछिल्लो साता लकडाउनका कारण काठमाडौंमा फसेका नुवाकोटवासीलाई काठमाडौंबाट विभिन्न राजनीतिक दलका नेताले बस रिजर्भ गरेर जिल्ला भित्र्याएका थिए।

जिल्लामा ४० भन्दा बढी बसबाट सर्वसाधारण जिल्ला भित्रिएका थिए। स्वास्थ्य कार्यालयका अनुसार होम क्‍वारेन्टाइनमा बस्नेको संख्या सबैभन्दा बढी म्यागङ गाउँपालिका छ। त्यहाँ ४ सय १० जना छन्। पश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिकामा २ सय २६, दुप्चेश्वर गाउँपालिकामा एक सय ४०, विदुर नगरपालिकामा एक सय २९ र तारकेश्वर गाउँपालिकामा एक सय ५ जना छन्। तादी गाउँपालिकामा एक सय, सूर्यगढी गाउँपालिकामा ५१, बेलकोटगढी नगरपालिकामा ७, लिखु गाउँपालिकामा ८ र पन्चकन्या गाउँपालिकामा एकजना रहेका छन्।

यसैबीच, कोरोना भाइरसको डेन्जर जोनमा नुवाकोट परेको छ। त्रिशूली-गल्छी-वीरगन्ज सडकमार्गले छोएको पर्सालगायतका अन्य स्थानमा कोरोनाको संक्रमण देखिएसँगै नुवाकोट कोरोनाको डेन्जर जोनमा परेको आंकलन सरोकारवालाले गरेका हुन्। वीरगञ्जबाट दिनहुँजसो तरकारी लगायतका खाद्य सामग्री आउने र काठमाडौंमा समेत आवतजावत हुनुले नुवाकोट कोरोनाको उच्च जोखिममा परेको स्वास्थ्य कार्यालयका प्रमुख घिमिरेले बताए। नुवाकोटमा सोमबारसम्म कोरोनाका कुनै पनि बिरामी फेला नपरेका भए पनि उपचारका लागि तयार रहेको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीका प्रमुख डा. रेमकुमार राईले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.