बागमती प्रदेशमा कोरोना परीक्षण किट अभाव

बागमती प्रदेशमा कोरोना परीक्षण किट अभाव

हेटौंडा : बागमती प्रदेशमा पीसीआर र आरडीटी परीक्षण किट अभाव भएको छ । संघीय सरकारबाट प्राप्त किट सकिन लागेको र अब आउने टुङ्गो नहुँदा अभाव भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

'हामीलाई प्राप्त परीक्षण किट सिमित मात्र बाँकी रहेको छ, मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम राज सेढाईले भने, 'हामीले थप किट माग गरेका छौं, छिट्टै प्राप्त हुने अपेक्षा छ ।' संघीय सरकारसँग पनि परीक्षण किट अभाव रहेकाले जनस्तरमा पुगेर पर्याप्त आरडीटी परीक्षण गर्न समस्या भएको उनले बताए । 

बागमती प्रदेभभित्र रहेका पाँचवटा ल्याबमा बुधबारसम्म दुई हजार दुई सय ५६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक छ । तीमध्ये ७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । भरतपुर अस्पतालमा दुई कोरोना पोजेटिभ देखिएका २ जनाको उपचार भइरहेकोमा एकजना निको भएर घर फर्किएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३ जना र पाटन अस्पतालमा २ जना उपचारपछि घर फर्किको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षण सबैभन्दा धेरै काभ्रेमा ५ सय ९३ जनामा गरिएको छ । रसुवाका जम्मा २ जनामा मात्र परीक्षण गरिएको मन्त्रालयको तथ्यांक छ । हालसम्म हेटौंडामा रहेको पीसीआर ल्याबबाट मात्र ४ सय ६० जनाको स्वब परीक्षण गरिएको छ । 

हेटौंडाको ल्याबमा पनि परीक्षण किट अभाव भएको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले जनाएको छ ।  बुधबारसम्म प्रदेशभर ८ हजार ९ सय ४० जनाको आरडीटी परीक्षण गरिएको छ ।

तीमध्ये १९ जनामा पोजेटिभ देखिएको थियो । तीमध्ये सबैभन्दा धेरै काठमाडौंमा २ हजार ६ सय ३३ जना र सबैभन्दा कम रसुपामा ९८ जनामा आरडीटी परीक्षण गरिएको छ । 

९ जिल्लाको सरकारी क्वारेन्टाइन खाली

बागमती प्रदेशको ९ जिल्लामा सरकारले निर्माण गरेको क्वारेन्टाइन खाली छ । प्रदेशभर ३ हजार ९ सय ७१ जना क्षमताको क्वारेन्टाइन निर्माण गरिएकोमा हाल १ सय ८३ जना मात्र क्वारेन्टाइनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तीमध्ये धादिङमा १ सय ४०, सिन्धुपाल्चोकमा ३६, रसुवामा ६ र नुवाकोटमा १ जना रहेका छन् ।  प्रदेशभर घरमै क्वारेन्टीनमा बस्नेहरु भने २ हजार ४ सय ८९ जना रहेका छन् । तीमध्ये नुवाकोटको मात्र १ हजार ३ सय १ जना रहेको मन्त्रालयको तथ्यांक छ । 'काठमाडौंबाट घर फर्किने पछिल्लो समय बढेकाले घरमै क्वारेन्टाइनमा बस्नेको संख्या पनि बढेको हो,' मन्त्रालयका प्रवक्ता सेढाईले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.