गाई चोरी मारेर मासु भाग लगाउनेहरू कारगार चलान

गाई चोरी मारेर मासु भाग लगाउनेहरू कारगार चलान

देवचन्द्र भट्ट

नुवाकोट : गोठमा बाँधिएको गाई रातको समयमा चोरी मारेर मासु भाग लगाउनेहरुलाई रसुवामा कारवाहीका लागि कारागार चलान गरिएको छ । दुहुनो गाई चोरी गरेर वैशाखको पहिलो साता  काट्नेहरु ६ जना जेल चलान भएका हुन् । 

पक्राउ परेका सात जनामध्ये एक जना १५ वर्षभन्दा कम उमेरको रहेकोले रसुवा प्रहरीले चाहेको बेलामा झिकाउने  गरी घर पठाएको छ ।  जिल्ला अदातल रसुवाले पक्राउ परेका तीन जनालाई ५०-५० हजार रुपैयाँ घरौटी राख्न आदेश गरेकोमा तिर्न नसकेपछि उनीहरु पनि जेल परेको रसुवा प्रहरीले जनाएको छ । 

 
पुर्पक्षको लागि कारागार चलान भएकाहरुमा रसुवाको दक्षिणी भेगमा रहेको  उत्तरगया गाउँपालिका वडा नं. ४ का २२ वर्षीय दिनेश थिङ, २० वर्षीय दीपेन्द्र थिङ र १९ वर्षीय विशाल थिङ रहेका छन् । त्यस्तै धरौटी राखेर रिहा हुन आदेश भए पनि धरौटी रकम जम्मा गर्न नसकेर जेल गएकाहरुमा सोही वडा नं ४ कै बाटुली थिङ, सन्तबहादुर थिङ र रामहरि थिङ रहेका छन् । 

उनीहरु तीनै जनासँग अदालतले ५० हजार रुपैयाँ धरौटी मागेको थियो । बालक भएकै कारण रिहा भएका एक जना भने रसुवा उत्तरगया गाउँपालिकाका हुन् । उनको नाम प्रहरीले सार्वजनिक गरेको छैन । 
    
पुर्पक्षका लागि रसुवा कारागार चलान भएका दुई जनालाई नुवाकोटको पञ्चकन्या गाउँपालिकाबाट दुई साताअघि प्रहरीले पक्राउ गरेको थियो । गाई काट्नेहरुको खोजी रसुवा प्रहरीले तीव्र पारेपछि उनीहरु लुक्नका लागि नुवाकोट आएका थिए । 
    
बैशाख ३ गते राती कालिका गाउँपालिका वडा नं. ३ का नन्दकुमारी ढकालको दुहुनो गाई चोरी गरेर उनीहरुले काटेका थिए । उनीहरुलाई कारवाहीको माग गर्दै गौवध मुद्दा दायर गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.