६ चिनिया प्रहरी नियन्त्रणमा

६ चिनिया प्रहरी नियन्त्रणमा

देवचन्द्र भट्ट

नुवाकोट : नुवाकोट प्रवेश गरेका चिनिया नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं लगेको छ । जबर्जस्ती जिल्ला प्रवेश गरेका ६ जना चिनियाँ पर्यटकलाई अध्यागमन कार्यालय काठमाडौंको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ  ।

उनीहरू पोखरादेखि पैदल हिँडेर सोमबार साँझ नुवाकोट प्रवेश गरेका थिए । उनीहरू चीनको सीमा नाका रसुवागढी हुँदै केरुङ जान खोजेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक  राजेश थापाले बताए ।

उनीहरुलाई प्रहरीले आफ्नो गाडीमा राखेर काठमाडौं लगेको हो । मार्च महिनामा नेपाल आएका उनीहरू भिसा अवधि सकिएपछि पैदल नै तिब्बतको केरुङ हुँदै घर जान चाहेका थिए । उनीहरू ४ पुरुष, एक महिला र एक बालिका रहेका छन् । उनीहरुको जानकारी चिनीया दुतावासलाई दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.