नागरिकता र मतदाता परिचयत्र नहुँदा राहतबाट वञ्चित

नागरिकता र मतदाता परिचयत्र नहुँदा राहतबाट वञ्चित

जनकपुरधाम : कोरोना (कोभिड–१९) महामारी संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले छैठौं चरणको लकडाउन र दोश्रो चरणको राहत वितरण गर्न थाले पनि जनकपुरमा भने पहिलो चरणकै राहत विवादमा अल्झिएको छ । जनकपुरधाममा उप–महानगरबाहिर धनुषा, महोत्तरी, सर्लाही लगायतका अन्य जिल्लाका स्थानीय तथा विद्यार्थीसंग नागरिकता र मतदाता परिचयत्र नुहँदा राहतबाट वञ्चित भएको गुनासो गरेका छन् । 

जनकपुरधाम उप–महानगरपालिका २४ मा घर भाडा लिएर बसेका विद्यार्थी र मजदुरलाई वडाध्यक्षले नागरिकता र यहाँको मतदाता नरहेको भन्दै राहत नदिइ फर्काएको बताएका छन्। महोत्तरी पिपरा गाउँपालिका बनौलीका पंकज झाले भने, ‘एकाएक सरकारले घोषणा गर्‍यो, हामीले सामान किन्न पाएनौँ, डेढ महिनादेखिको लकडाउनमा भएको सबै खाद्यान्न खाद्यान्न सकियो, वडाले सरकारी राहत बााडेको भनेर नि गएँ तर नामावालीमा नाम समावेश गराए पनि वडाबासी नभएकोले हामीलाई राहते दिएनन् ।’ 

जनकपुर ४ मा राहत वितरणको क्रममा एक जना महिलासँग नागरिकता नभएकै कारण राहतबाट वञ्चित हुनुपरेको सुनाइन् । नाम नबताउने शर्तमा ती महिलाले भनिन, ‘मसँग नागरिकता छैन, न त मतदाता परिचयपत्र नै । म यहाँको हुँदा पनि हैन, मैले राहतको लागि अनुरोध गरेँ तर दिएनन् ।’ सोही वडामा राहत वितरणको क्रममा भारतीय सुजित साहलाईसमेत राहतबाट वञ्चित गराइएको थियो । साहसँग नागरिकता वा मतदाता परिचयपत्र नहुँदा राहत पाउनबाटै वञ्चित हुनु परेको उनको गुनासो थियो ।

राहत माग्दा कुटिए गरिब 

जनकपुरधाम उपमहानगरपालिका १४ का वडाध्यक्ष पुण्यप्रसाद यादवले राहत वितरणमा विभेद गरेको आरोप लगाउँदै स्थानीयवासीले विरोध गरेपछि प्रहरी लगाएर वडाअध्यक्ष कुटेको आरोप छ । हुने खाने वर्गलाई राहत वितरण गरी गरिब, विपन्न परिवार र ज्यालामजदुरी गर्नेमाथि विभेद गरेको भन्दै नारावाजी गरेकालाई प्रहरी लगाएर कुटपिट गर्न लाएको स्थानीयको आरोप छ । 

राहत माग्न पुगेका मध्ये महिला, पुरुषदेखि वृद्धवृद्धासम्म एक दर्जनलाई लखेटेर प्रहरीले कुटपिट गरेका थिए । कुटपिटबाट रजौलका पप्पु झाको खुट्टा, सुफल देवी साहको पिठ्यू र ढाड, फुल देवीको खुट्टा र तिघ्रामा चोट लागेको छ । त्यसैगरी प्रहरीको लाठीबाट गायत्री महता, राजकुमारी भगत, मधुरी यादव, रामकुमर चौधरी, रिना देवी यादव, देवेन्द्र महतो, दिपक पटेल, उदय यादव, रामकुमार चौधरी, रामसुखित यादव, उपेन्द्रकुमार साह लगायत प्रहरीको चुटाइबाट घाइते भएका थिए । 

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका वडाध्यक्ष यादवले विपक्षीको मान्छेले जानीजानी विरोध गरेको दावी गरे । उनले भने, ‘नेकपाका प्रतिनिधिले आफूलाई बद्नाम गर्नका लागि षडयन्त्र गर्‍यो ।’ यता धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले राहत वितरणको क्रममा सामाजिक दुरीको पालना गराउन बल प्रयोग गरेको स्वीकारे । उनले सामाजिक दुरीको र नारावाजी भएपछि भीडलाई नियन्त्रण गर्ने क्रममा समान्य बल प्रयोग गरेको बताए । 
कुटिएका मध्ये स्थानीय दिपक पटेलले राहतका लागि गरिब र विपन्न परिवारलाई वडाध्यक्ष यादवले बेवास्ता गर्दै भाइ भारदार लगाएर योजनाबद्ध रुपमा कुटपिट गरेको आरोप लगाए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.