दाहाल–नेपाल पक्षका नेताको दबाब

दाहाल–नेपाल पक्षका नेताको दबाब

काठमाडौं :  तय भइसकेको स्थायी समिति स्थगित भएपछि सत्तारुढ नेकपाका असन्तुष्ट नेताले पुनः बैठक बोलाउन दबाब दिने भएका छन्। बिहीबारका लागि तय भएको बैठक सचिवालयले बुधबार साँझ स्थगन गरेको थियो। असन्तुष्ट पक्षका नेताहहरूले बिहीबार पार्टी कार्यालय धुम्वराहीमा भेला भइ बैठक बोलाउन दबाब दिने निर्णय गरेका हुन्।

प्रधानमन्त्री केपी ओलीको कार्यशैली सुधार हुनेभन्दा झन् निरंकुश हुँदै जान थालेको निष्र्कष निकाल्दै नेताहरूले बैठक छल्ने, ढाँट्ने र मनपरी गर्ने शैलीको डटेर विरोध गर्नुपर्ने निष्र्कष समेत निकालेका छन्।

‘बैठक बोलाएर स्थगित गर्ने कुरा हामीलाई चित्त बुझेको छैन। उहाँ (प्रधानमन्त्री) बैठकबाट भागेर कति दिन हिँड्नुहुन्छ ? ’ स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले अन्नपूर्णसँग भनिन्, ‘बैठक सुरुवात गरेर ब्यस्त रहेको दिन स्थगित गरेको भए पनि हुन्थ्यो, तर बैठक नै नराखी भाग्ने कुरा सैह्य विषय होइन। यो हामी (स्थायी समिति सदस्यहरू) को अपमान हो। त्यसकारण अब फेरि दबाब बढाउनु पर्‍यो, छिटो बैठक राख भन्नुपर्‍यो भन्नका लागि हामी छलफलमा बसेका हौं।’

अध्यक्षद्वय ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाललगायत नेतालाई भेटेरै बैठक बोलाउन दबाब दिने योजना धुम्वराही छलफलमा सहभागी नेताहरूले बनाएका थिए। धुम्वराही बैठक लगत्तै भीम रावल, जर्नादन शर्मा, देव गुरुङ, रघुजी पन्त र हरिबोल गजुरेललगायत नेताले दाहालाई भेट गरेका थिए। दाहालले नेताहरूको मागलाई सम्बोधन गर्न प्रयास गर्ने बताएका थिए। उनीहरूले ओलीसँग भेटको समय भने पाएको छैन। टोलीले शुक्रबार नेपालाई भेट्ने कार्यक्रम छ।

‘सवै नेताहरू किन जाने, ४–५ जना नेताको टिम बनाऔं, नेताहरूलाई भेटौं, स्पष्टसँग बैठक राख्ने विषयमा कुरा राखौं भन्ने भयो, त्यसपछि हामीले नेताहरुलाई जिम्मा लगाएका छौं,’ स्थायी समिति सदस्य गणेश साहले भने।

धुम्वराही भेलामा स्थायी समिति सदस्यहरू शाक्य, भीम रावल, भीमप्रसाद आचार्य, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेल, गणेश शाह, गोकर्ण बिष्ट, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, मातृका यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त र लीलामणि पोखरेल सहभागी थिए। प्रधानमन्त्री ओलीले गत वैशाख ८ मा दल विभाजन गर्ने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने गरी अध्यादेश ल्याएपछि त्यसलाई फिर्ता गराउन दबाब बढाउने उद्देश्यले नेकपाका २० जना स्थायी समिति सदस्यले १० वैशाखमा लिखित रूपमै बैठक बोलाउन माग गरेका थिए।

विधानतः २५ प्रतिशत सदस्यले बैठकको माग गरेको १५ दिनभित्र बैठक बोलाउनु पर्ने मागलाई बेवास्ता गरेको, बोलाइसकेको बैठक समेत प्रधानमन्त्रीको हठका कारण स्थगित भएको निष्र्कष पनि नेताह­रूले निकालेका छन् । उनीहरूले बैठकबाट कसैलाई पनि भाग्न नदिने बताएका छन्।

कोरोना, अध्यादेश प्रकरणदेखिका सरकार र पार्टीका कामको समीक्षा र सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्न स्थायी समिति बैठक आवश्यक रहेको उनीहरूले बताएका छन्। नेतृ शाक्यले भनिन्, ‘१५ दिन भइसक्यो हामी बैठकका लागि कुरेर बसेको। तर बैठक बस्ने कुरै भएन। यो तरिका नै भएन। पार्टीलाई ढाँट्ने, छल्ने, टार्ने अनि आफ्नो खुसीमा जे मन लाग्यो त्यही गर्ने, त्यो निरंकुश विचार मात्र हो ? यसरी हुँदैन पार्टीमा। प्रधानमन्त्रीको शैली लोकतन्त्र, गणतन्त्र कमजोर बनाउने, संविधान कुल्चने, आफै मपाई भन्ने, बादशाह हुने खालको देखियो। त्यसपछि हामीले पार्टीभित्र विवाद गर्न परेन।

बैठक हामीले त्यही भएर माग गरेका हौं। बैठक नराखी उपायै छनै।’यसअघि मंगलबार मात्रै पनि पार्टी बैठक माग गर्ने नेताहरुले ललितपुरको झम्सिखेलको अगेनो रेष्टुरेन्टमा भेला भएर स्थायी समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेमा सामूहिक रणनीति बनाउन छलफल गरेका थिए। त्यहाँ स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री ओलीलाई प्रधनमन्त्री र पार्टी अध्यक्षबाटै राजीनामा गराउनुपर्ने १ पृष्ठको २७ वुँदे आरोपपत्रसहितको प्रस्ताव राखेका थिए। तर उनको प्रस्तावमा नेताहरु पूरै सहमत नदेखिए पनि एक व्यक्ति एक मुख्य जिम्मेवारीको एजेण्डा स्थायी समितिमा उठाउने निष्र्कष भने निकालेका थिए।यसरी बैठक माग गर्ने नेताहरु अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षका हुन्। ओली पक्षका नेताहरुले भने अहिले स्थायी समिति वबठकको औचित्यता नै नरहेको बताइरहेका छन्। यसले नेकपाभित्रको धुव्रीकरण बढ्ने र विवाद झनै नयाँ ढंगले बल्झिने संकेत देखिएको छ।

दुई–चार दिनमै वैठक वोलाउँछौं : दाहाल

अन्नपूर्ण। काठमाडौंनेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी स्थायी समिति बैठक दुई, चार दिनभित्रै बोलाउने बताएका छन्। पार्टी वैठक स्थगित भएपछि पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिदै दाहालले गृहकार्य नपुगेकै कारण बैठक स्थगित भएको बताएका हुन्। संसद भवन नयाँ वानेश्वरमा पत्रकारहरुसँग कुरा गदै दाहालले बिहीबार त्यसको तयारी भइरहेको पनि वताए। ‘अलि गृहकार्य नपुगेकै हो, दुई चार दिनमै हामी स्थायी समिति बैठक बोलाउँछौं,’ दाहालले भने।नेकपाका सचिवालय सदस्य तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भने अध्यक्ष र महासचिवले प्रतिवेदन लेखनको काम नसकेका कारण बैठक स्थगित हुनुपरेको बताएका थिए। उनले पनि संसद भवन नयाँ बानेश्वरमै प्रतिवेदन तयार हुने बित्तिकै सचिवालय बैठक बसेर स्थायी समिति बैठकको मिति तोकिने बताए। दाहाल र पोखरेल संसद भवनमा तयारीको अनुमगन गर्न पुगेका बेला सञ्चारकर्मीहरुसँग त्यस्तो बताएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.