हाँसेर जाँदै छु म, सबैलाई रुवाएर

हाँसेर जाँदै छु म, सबैलाई रुवाएर

ऊ त्यहाँ हेर मेरो तस्बिरमा

फूलमाला लगाई भित्तामा टाँसेका छन्।

मनको आँखाले हेर सबको मनभित्र

मेरो मायालाई सम्हाली साँचेका छन्।

तस्बिर शीर्षकको यो गीतका गायक हुन्, कुशल श्रेष्ठ। पाल्पा तानसेनका कुशलले यो गीत नेपाल आइडलको मञ्चमा जब गाए तब निर्णायकहरू मक्ख परे। गीतमा शब्द, संगीत पनि उनकै छ।

२०७१ सालमा सार्वजनिक गरिएको यो गीतका दर्शक श्रोता सीमित थिए। कुशलले आफ्नो स्वरको परीक्षा पनि यही गीतबाट दिएका थिए। गीतले विस्तारै चर्चा कमाउँदै थियो। ¥यापर यमबुद्धको मृत्युपछि यो गीत चर्चामा आउन थाल्यो। कसरी त ? यूकेमा बस्दै आएका यमबुद्ध २०७३ माघ १ गते आफ्नै घरमा मृत भेटिए। उनको मृत्यु भएको १२ दिनमा दी आईजी प्रोडक्सन नामको युट्युब च्यानलबाट कुशलको यो गीत गायक यमबुद्धलाई समर्पण गर्दै कोही फ्यानले अपलोड गरे।

‘हाँसेर जाँदैछु म सबलाई रुवाएर’ शीर्षकमा अपलोड भएको यो गीतमा यमबुद्धको सांगीतिक जीवनका केही तस्बिर र सम्झना समेटेर भिडियो बनाइएको थियो। यमबुद्धकै भिडियो अपलोड भएकाले धेरैले यो गीत यमबुद्धले नै गाएको होला भन्ने पनि बुझे। अञ्जान व्यक्तिले अपलोड गरेको यो गीत सुन्नेहरूले कुशललाई खोज्न थाले। रक पपगीतका फ्यानबीच तस्बिर बोलको यो गीतको निकै चर्चा हुन थाल्यो। उनले लेखेको यो गीतका शब्दले धेरैको मन छोयो। पहिलो गीतले नै कुशललाई नेपाली संगीत क्षेत्रमा परिचित बनायो।

सानैदेखि गीत गाउने रहर बोकेका कुशल २०६२ सालबाट सांगीतिक क्षेत्रमा लागिपरेका हुन्। तस्बिर चुपचाप, सालिमा नदी, बुद्ध तिमी महान्लगायत गीतमा स्वर दिएका कुशलले गत वर्ष कान्छी बोलको गीत ल्याए। यो गीतले पनि निकै दर्शक कमायो। आमा बोलको गीतको तयारीमा रहेका कुशलले यसको भिडियो बन्न बाँकी रहेको जानकारी दिए।

तानसेनको महेन्द्रबोधी स्कुलबाट विद्यालय स्तरको पढाइसकेका कुशल स्ट्रगल नामक ब्यान्ड स्थापना गरेर गायनमा सक्रिय थिए। पछि ब्यान्डले निरन्तरता दिन सकेन। कुशल मात्रै यो क्षेत्रमा संघर्ष गरिरहेका छन्।

उनी हरेक दिन रियाज गर्छन्, धेरैभन्दा धेरै गीत सुन्छन्, मुड चलेको बेला शब्द पनि कोर्छन्। उनलाई चर्चा कमाउने, होहल्ला गर्ने भन्दा पनि राम्रा गीत गाउने रहर छन्। थोरै गीत तर दर्शक श्रोताको मनमा बसिरहने अमर गीत सिर्जना गर्ने ध्याउन्नमा छन् उनी। केही सिक्ने आसले उनी यसपटक नेपाल आइडलको प्रतिस्र्धामा सामेल भएका थिए तर थियटर राउन्डबाटै उनको आइडल यात्रा अघि बढेन्। यसले उनलाई निकै समय दुःखी बनायो पनि।

कुशल सुरुआती दिनमा रक पप जनरा बढी सुन्ने र गाउने गर्थे। समयसँगै उनको रोजाइ बदलिएको छ। अहिले लभ सङ गाउने र सुन्ने गर्छन्। उनलाई लभ सङ नै मनपर्छ। नेपाली संगीतमा संघर्ष गरिरहेका कुशल युवा पुस्ताका प्रतिनिधि हुन्। सिकारु गायकगायिकालाई टिक्नै गाह्रो हुने उनको अनुभव छ। प्रशस्त पैसा कमाउन नसके पनि अहिलेसम्म गीत संगीतले नै आफूलाई बचाएको ठान्ने कुशल संगीतमै लागेका एकाध बाहेक धेरैले गीत गाएरै कमाउने वातावरण नबनेको बताउँछन्। भन्छन्, ‘अहिलेसम्म सिंगल छु र टिकिरहेको छु। अब भने केही काम गर्ने वा पेसा अपनाउँदै गीत गाउने योजना बनाएको छु।’ ‘संगीत सागर हो, एक बुँद मात्रै टिप्न सके पनि भरिपूर्ण हुने थिएँ। यही एक बुँदकै लागि निरन्तर दौडिरहेको छु’, उनी अलि भावुक भए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.