कोरोना कहरः व्यवसाय बन्द गर्दै भक्तपुरका महिला उद्यमी

कोरोना कहरः व्यवसाय बन्द गर्दै भक्तपुरका महिला उद्यमी

भक्तपुर : कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउन लम्बिएपछि यहाँका महिला उद्यमी व्यवसायीहरु आफ्नो व्यवसाय नै बन्द गर्नेतर्फ अघि बढेका छन् ।

सरकारको ४२ थरिका उद्योग सञ्चालन गर्ने निर्णयभित्र नपरेका व्युटीपार्लर तथा सिलाइबुनाइ सञ्चालन गर्दै आएका महिला उद्यमी आ-आफ्नो उद्यम तथा व्यवसाय बन्द गर्ने प्रक्रियामा अघि बढेका हुन् ।

उनीहरुले लकडाउन लम्बिँदा व्यवसाय सञ्चालन गर्न सकिने अवस्थै नभएकाले बन्द गर्ने प्रक्रियामा अघि बढेको सुनाए तर लकडाउनका कारण भक्तपुर घरेलु तथा साना उद्योग कार्यालय खुलेको छैन ।

उनीहरुले आफ्नो उद्यम तथा व्यवसाय घरेलु तथा साना उद्योग कार्यालयमा विधिवत दर्ता गरेका छन् । त्यसैले कार्यालयमार्फत नै विधिवत रुपमा उद्यम बन्द गर्ने प्रक्रियामा अघि बढेको उनीहरु बताउँछन् ।

सरकारी कार्यालय नखुलेपछि उनीहरुले जिल्लास्थित भक्तपुर घरेलु तथा साना उद्योग संघमा गएर आफ्नो उद्यम तथा व्यवसाय बन्द गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

'लकडाउन भएदेखि व्यवसाय ठप्प छ, व्युटीपार्लर चलाउँदै आएकी सूर्यविनायक नपा ६ की सुमिना श्रेष्ठले भनिन्, 'लकडाउन बढेको बढेयै छ । पसलको बहाल नै पो कसरी तिर्ने भन्ने चिन्ता भइरहेको छ ।'

उनले लकडाउनमा सरकारले खोलेका उद्योग व्यवसायमा व्युटीपार्लर नपरेपछि आफू निराश भएको सुनाइन् ।'सामाजिक दूरी कायम गर्नुपर्छ भनिन्छ, उनले थपिन्, 'अब व्युटीपार्लरमा कसरी सामाजिक दूरी कायम हुन्छ । यो भनेको व्युटीपार्लर नखोल भनेकै हो ।'

उनका अनुसार धेरै साथीले के गर्ने ? कसरी व्यवसाय अगाडि बढाउने भनेर प्रश्न गर्ने गरेका छन् । अधिकांशले व्यवसाय बन्द गर्नुको विकल्प नभएको निष्कर्ष सुनाएको र सोहीअनुसार दर्ता गरेर सञ्चालनमा ल्याएको व्यवसाय बन्द गर्न अघि बढेको उनले सुनाइन् ।

भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जतीले घरेलु कार्यालयमा दर्ता गरेर व्युटीपार्लर र सिलाइबुनाइ सञ्चालन गर्दै आएका महिला संघमा व्यवसाय बन्द गरिदिन आग्रह गर्दै संघमा आएको स्वीकार गरे ।

उनले सरकारी कार्यालय बन्द भएकाले संघमा दैनिकजसो महिला आफ्नो उद्यम तथा व्यवसाय बन्द गर्ने प्रक्रिया अघि बढाइदिन आउने गरेको स्पष्ट पारे ।उनका अनुसार एकसयभन्दा बढी महिला उद्यमी आ-आफ्नो उद्यम तथा व्यवसाय बन्द गर्ने प्रक्रियामा आएका छन् । ती महिला उद्यमीहरु संघका सदस्यसमेत हुन् । त्यसैले संघमार्फत पहल गरिदिने आशमा उनीहरु संघमा आउने गरेको उनको भनाइ थियो ।

'उद्यम तथा व्यवसाय बन्द गर्ने प्रक्रिया अघि बढाइदिन भनी दैनिक दसपन्ध्र जना महिला उद्यमीहरु संघमा आउँछन्,' अध्यक्ष जतीले भने, ‘तैपनि हामीले सम्झाइबुझाई फर्काउने गर्दै आएका छौं ।'

उद्यम तथा व्यवसाय बन्द गरेरमात्रै समस्या समाधान नहुने उनको भनाइ थियो ।'घरेलु कार्यालयमा उद्योग बन्द गर्नुअघि आन्तरिक राजस्व कार्यालयमा सबै आर्थिक विवरण बुझाउनुपर्छ,' अध्यक्ष जतीले भने ।

घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख सुवोधकुमार साहले लकडाउनको कारण कार्यालय बन्द भएकाले उद्यम व्यवसाय बन्द गर्न आउनेहरुको बारे जानकारी नभएको बताए ।उनले सरकारले लकडाउनको कारण नवीकरण गर्न नपाएका उद्योग व्यवसायको हकमा जेठ मसान्तसम्म म्याद थप गरेकाले व्यवसायीहरुलाई चिन्ता नलिन आग्रह गरे ।' सरकारले लकडाउनको कारण नवीकरण गर्न तथा उद्योग खारेज गर्नपर्ने सवालमा जेठ मसान्तसम्मको म्याद थप गरेको छ, कार्यालय प्रमुख साहले भने, 'त्यसैले जेठ मसान्तभित्र नवीकरण वा खारेज गर्दा कुनै थप शुल्क लाग्नेछैन ।'

उनले लकडाउनले गैरकृषिजन्य घरेलु तथा साना उद्योगहरु मारमा परेको स्वीकार गर्दै लकडाउनकै कारण मारमा परेका साना तथा लघु उद्यमलाई प्याकेजमै राहत दिनेबारे छलफल भइरहेको स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.