भारतमा रोकिएको कक्षा १० र १२ को परीक्षा जुलाई १ देखि हुने
भारत : कोरोना भाइरस सङ्क्रमणका कारण अवरुद्ध भएको कक्षा १० र १२ को परीक्षा आगामी जुलाई १ देखि हुने भएको छ।
केन्द्रीय माध्यामिक शिक्षा बोर्ड अन्तर्गतको सो परीक्षा आगामी जुलाई १५ सम्ममा सम्पन्न गरिने तय भएको छ। केन्द्रीय सरकार अन्तर्गत रहेर लिइने केन्द्रीयस्तरको यस परीक्षामा सार्वजनिक तथा निजी दुवैथरी विद्यालयका छात्रछात्राहरुका महत्वपूर्ण मानिने गर्छ।
'विद्यार्थीहरुको अत्यधिक चासो र चिन्ताको विषय बनेको यस परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ' केन्द्रीय जनशक्ति मन्त्री रमेश पोख्रियाले शुक्रबार भने। कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गरेकाले यसअघि परीक्षा हुन सकेको थिएन। भारतमा अहिले पनि देशव्यापी लकडाउन कायमै छ।