धादिङको फुलखर्कमा युवकको हत्या

धादिङको फुलखर्कमा युवकको हत्या

धादिङ : धादिङको गंगाजमुना गाउँपालिकास्थित फुलखर्कको दाङसिङ देउराली गाउँमा धारिलो हतियार (खुँडा प्रहार) गरी एक युवकको हत्या भएको छ । धान कुट्नको लागि बोकेर मिलमा गइरहेको बेला स्थानीय बोर्डिङका प्रधानाध्यापकसमेत रहेका यम बहादुर गुरुङलाई गाउँकै भिमसेन बुढाथोकीले खुँडा प्रहार गरेका थिए ।

दुवै हात र खुट्टामा लगातार प्रहार गरेर छिया छिया बनाएपछि बुढाथोकी भागेका थिए । खुडाँ प्रहारबाट गम्भीर घाइते भएका गुरुङलाई हेलिकप्टरबाट उपचारको लागि काठमाडौं लैजाने प्रयास गरेपनि साँझको बेला भएर सम्भव नभएपछि एम्बुलेन्समार्फत जिल्ला अस्पताल धादिङवेशी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

खुँडा प्रहारबाट गुरुङको दाहिने हात नाडीभन्दा तल पुरै छिनेको अवस्थामा रहेकाले उपचारका लागि ल्याउँदा छिमेकीहरुले टुक्रेको हात प्लाष्टिकको झोलामा राखेर ल्याएका थिए ।

खुँडा प्रहार गर्ने बुढाथोकीलाई स्थानीयको सहयोगमा राती नै समातेर प्रहरीलाइ बुझाइएको छ । उनी भगौडा सेना भएको र विगतमा पनि विभिन्न आपराधिक क्रियाकलापमा सामेल भएको व्यक्ति रहेको स्थानीयले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.