लकडाउनमा सवारी चाप (फोटो फिचर)

लकडाउनमा सवारी चाप (फोटो फिचर)

काठमाडौं : काठमाडौंमा लकडाउनमै सवारी साधनको चाप बढेको छ।आइतबार बिहानैदेखि सडकमा गाडिको चाप बढेको हो। सरकारले लकडाउनलाई केही खकुलो बनाएपछि सडकमा चहलपहल देखिएको हो।

 कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि निरन्तर लागु गरेको लकडाउन जेठ ५ गतेसम्म कायमै छ।आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधन चलाउन टाइम कार्ड लागू गरेपछि सडकमा सवारीको चाप बढेको हो। यस्तै आजबाट बैंक तथा वित्तीय संस्था, विभिन्न उद्योग आयोजना सञ्चालन हुन थालेकाले गाडीको चाप बढेको जनाइको छ।

सवारीको चाप बढ्न थालेकाले ट्राफिक नियम उल्लंघनविरुद्धसमेत कारवाही थालिएको ट्राफिक प्रहरीले बताएको छ।मुख्यगरी बाहिरी जिल्लाबाट पास पाएका गाडीसमेत भित्रिने गरेका, राहत वितरण र अत्यावश्यक सामान ओसारपसारमा प्रयोग भएका गाडीको चापसमेत बढेको प्रहरीले जनाएको छ। सरकारले भने लकडाउनको अवधि लम्बाउँदै जेठ ५ गतेसम्म पुर्‍याएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.