भारतमा अलपत्र नेपाली भन्छन् : सरकारले हामो दु:खलाई बेवास्ता गर्‍यो

भारतमा अलपत्र नेपाली भन्छन् : सरकारले हामो दु:खलाई बेवास्ता गर्‍यो

भैरहवा : भारतमा रोजगारीका लागि नेपाली मजदुरहरु कोरोना संक्रमणका कारण स्वदेश फर्किने क्रम बढेको छ । स्वदेश फर्किने आशामा मजदुरहरु महिना दिन हण्डर खाँदै पैदलै सीमामा पुगिरहेका छन् । केही दिन यता अलपत्र मजदुरहरुका लागि भारतले रेल चलाउँदा बढी संख्यामा नेपाली मजदुरहरु रेल चढेर पनि सीमामा पुग्न थालेका छन् ।

रुपन्देहीको सीमावर्ती भारतीय शहर नौतनवा स्थित ८ वटा विभिन्न क्वारेन्टाइनमा शनिबार साँझसम्म नेपाली नागरिकको संख्या ८ सय ५६ पुगेको छ । अझै आउने क्रम जारी छ । क्वारेन्टाइनमा नेपालीहरु खचाखच भरिएका छन् । सबैबीच भौतिक दुरी कायम हुन सकेको छैन । रुपन्देहीसँगै कपिलवस्तु र नवलपरासीको सीमामा पनि करिब दुई हजार नेपाली अलपत्र छन् । उनीहरुको उद्दार गरेर स्वदेश भित्रयाउनमा सरकार उदासिन देखिएको छ । क्वारेन्टाइनमा रहेकामध्ये धेरैको अवधि पूरा भइसकेको छ । दिनहुँ सयौँको संख्यामा सोही क्वारेन्टाइनमा नयाँ आगन्तुक मजदुरहरु थपिंदैछन् । स्वस्थ मजदुरहरुलाई संक्रमण फैलिन सक्ने जोखिम बढ्दै गएको छ । सरकारले वैधानिक रुपमा आफ्नो नागरिकलाई स्वदेश नभित्रयाउँदा सीमा क्षेत्रबाट लुकिछिपी आउने क्रम पनि बढेको छ । जसकारण मुलुकमा संक्रमण जोखिम बढ्दै गएको छ ।

‘क्वारेन्टाइन अवधि पूरा भइसकेका नेपालीहरुलाई लैजाउ भनेर हामीले नेपाललाई पटक पटक भनिररहेका छौँ’, नौतनवाका डिएसपी राजुकुमार शवले अन्नपूर्णसगँ भने, ‘अझै नेपाली आउने बढ्दो छ, क्वारेन्टाइनमा भएका नेपालीहरु लगे सोही स्थानमा हामीले अहिले आइरहेका नेपालीहरुलाई व्यवस्थापन गर्थ्यौं । तर, केही भइरहेको छैन ।’

उनका अनुसार क्वारेन्टाइनमा राखिएका बाहेक गोरखपुरबाट एक हजार पाँच सय हाराहारीमा नेपालीहरु सीमातर्फ आइरहेका छन् । उनले हाल आइरहेका नेपालीहरु क्वारेन्टाइन अवधि पूरा भइसकेका नेपाली मजदुरहरुको सम्पर्कमा आउँदा संक्रमण जोखिमसमेत बढेको बताए ।

कतिपय भारतीय जिल्लाको क्वारेन्टाइनहरुबाट नेपालीहरुलाई निकालिएको छ । तर, यहाँ दुवै देशको स्थानीय अधिकारीहरुको सुमधुर सम्बन्धका कारण उनीहरुलाई निकालिएको छैन । तर, भारतीय सुरक्षा स्रोतका अनुसार क्वारेन्टाइनमा दैनिक सयौँ नेपाली मजदुरहरु थपिंदै गएको र नेपाल सरकारले पनि स्वदेश भित्रयाउनमा तादरुकता नदेखाएमा सीमामा पुग्ने नेपालीहरुलाई दुवै देशका सुरक्षाकर्मीले थेग्न समस्या पर्ने देखिएको छ ।

नौतनवा स्थित इन्टर कलेजको क्वारेन्टाइनमा रहेका नवलपुर कावासोती १० का राजु चौधरीले एक महिनाभन्दा बढी क्वारेन्टाइन बसेको भए पनि आफूहरुलाई स्वदेश भित्रयाउन सरकार उदासीन देखिएको गुनासो पोखे ।

हरिद्वारबाट ८ दिन पैदल हिँडेर सीमामा पुगेका उनाले क्वारेन्टाइनमा नयाँ मजदुरहरु थपिँदै जादाँ संक्रमणको जोखिम बढेको सुनाए । क्वारेन्टाइनमा बस्दा सरकारी अधिकारीहरु भेटघाटका लागि मात्र आए पनि राहत हुने बताउँदै एक महिनाको अवधिमा भेटघाटका लागि कोही नआएको उनले गुनासो पोखे ।

‘हामी कसरी बसेका छौँ, खाना पाएका छौँ कि छैनौँ ? लगायत विषयमा सोधखोज गर्न पनि सरकारबाट कोही नआउँदा घर जान नपाउनु भन्दा बढी पीडा भएको छ’, उनले भने, ‘कम्तीमा सोधखोज गर्न आए पनि अलिकत राहत महसुस हुन्थ्यो तर हामीहरु नेपालको नागरिक नै नभए जस्तो सरकारको व्यवहार देखिंदैछ ।’

उनले थपे, ‘के हामीले यही दिन देख्नका लागि नेताहरुलाई जिताएर सिंहदरबारमा पठाएका थियौँ ?’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.