छिमेकीको कुटाइबाट बालकको हात भाँचियो

छिमेकीको कुटाइबाट बालकको हात भाँचियो

दैलेख : दैलेखमा एक बालकलाई छिमेकीले कुटपिट गर्दा हात भाँचिएको घटना बाहिरिएको छ ।  आठबीस नगरापालिका-३ साईंका १० वर्षीय बालक आकास नेपालीलाई छिमेकी २८ वर्षीया राजबहादुर शाहीले कुटपिट गरेका हुन् ।

शाहीको कुटपटिबाट बालकको देब्रे हात भाँचिएको बालकका बुवा करबीर नेपालीले बताए । घर नजिकै कर्णाली नदीमा माछा मार्न गएका बालबालिकाबीच भएको सामान्य विवादको विषयलाई लिएर शाहीले आकाशमाथि कुटपिट गरेका हुन् ।
 

बालबालिकाबीच भएको सामान्य झगडाको निहुँमा अभिभावकै सामु घरमै आएर बालकलाई शाहीले कुटपिट गरेको पीडित पक्षको भनाइ छ ।  शाहीले त्यसअघि पनि घरमै आएर छोरालाई कुटपिट गर्ने गरेको बालकका बुवा करबीरले बताए । 'सामान्य विषयलाई लिएर घरमै आएर पनि पटक-पटक कुटपिट गर्ने गरेको थिए,' हामीले केही गर्न सकेका थिएनौं, आकाशका बुबा करबिरे नेपालीले अन्नपूर्णसँग भने, 'अहिले त हातै भाँच्चिने गरी कुटपिट भयो ।' पीडित बालकको स्थानीय मेडिकलमा हातको पलास्टर गरिएको छ।

बालक कुटपिटको विषयमा उजुरी प्राप्त आएको इलाका प्रहरी कार्यालय राकमका इञ्चार्ज भरत भण्डारीले बताए । 'बालक कुटपिट गर्नेलाई उपचार गर्न लगाएका छौं, इन्चार्ज भण्डारीले भने, 'थप अनुसन्धान भइरहेको छ।'

उक्त गाउँमा दलित समुदाय थिचोमिचोमा पर्दै आएको स्थानीय बताउँछन् । 'उक्त दलित बस्तीका नागरिक माथिल्लो जात भनिएकाले गरेको थिचोमिचो सहन बाध्य छन्,' स्थानीय पदम नेपालीले भने।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.