धामी-झाँक्रीको भर पर्दा सुत्केरीको ज्यान गयो

धामी-झाँक्रीको भर पर्दा सुत्केरीको ज्यान गयो

अछाम : अछामबाट हेलिकप्टरमार्फत उद्धार गरी नेपालगञ्ज रिफर गरिएकी सुत्केरी देउमा साँउदको मृत्यु भएको छ । सुत्केरी भएको २५ दिनपछि अत्याधिक रक्तश्राव भएपछि उनलाई शनिबार उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो ।

नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा उनको शल्यक्रिया हुन नपाउँदै ज्यान गएको उनका श्रीमान मानबहादुर साँउदले जानकारी दिए। उनले भने, 'अप्रेशन गर्ने तयारीमा थियौ|, अप्रेशन गर्ने कोठामा लग्दै गर्दा ज्यान गइसकेको रहेछ । त्यस बेला नाक मुखबाट पनि रगत बगेको थियो ।'

रामारोशन गाउँपालिका ६ भाटाकाटियाकी २४ वर्षीया साँउदले वैशाख २ गते भाटाकाटिया स्वास्थ चौकीमा छोरीलाई जन्म दिएकी थिइन् ।  शुक्रबार एक्‍कीसी पेट दुखेपछि उनलाई गाउँकै धामी कहाँ लगेर उपचार गरिएको थियो। धामीले पेटमा देउकाडो(असह्य पेट दुखाई) परेकाले दुखाई निको पार्ने भन्दै पेटमा र ढाडमा हानेपछि केही बेर निको भएपनि त्यसपछि रक्तश्राव सुरु भएको उनका श्रीमान् मानबहादुरले बताए । 

गाउँमा धामी झाँक्रीको भर पर्दा र उपचारका लागि स्वास्थ संस्थामा समयमै पुर्‍याउन नसक्दा उनको ज्यान गएको बयलपाटा अस्पातलका डाक्टर विकास गौचनले बताए ।  उनले भने, 'उहाँको धेरै रगत बगिसकेको थियो, पेटमा रगत पनि जमेको थियो, समयमै उपचार नपाउँदा मृत्यु भयो।' अझै पनि दुरदराजका मानिस धामी झाँक्रीकै भर पर्छन्। 

शनिबार सुत्केरी देउमा साउँदलाई उद्दार गर्न बयलपाटा अस्पताल आएको हेलिकप्टर। तस्बिर : अन्‍नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.