कर्णालीका क्वारेन्टाइनमा खेलाँची, छैन निगरानी, हुँदैन परीक्षण

कर्णालीका क्वारेन्टाइनमा खेलाँची, छैन निगरानी, हुँदैन परीक्षण

सुर्खेतः कर्णालीमा स्थापना भएका अधिकांश क्वारेन्टाइनमा लापर्बाही भइरहेको छ। क्वारेन्टाइनमा राखिएकाको न निगरानी छ, न त स्वास्थ्य जाँच नै । अझ कतिपय स्थानीय तहले त नमूना परीक्षण नै नगरी क्वारेन्टाइनमा बसेकालाई १४ दिन पुगेको भन्दै धमाधम घर पठाउने गरिरहेका हुन् ।

अधिकांश क्वारेन्टाइन नाम मात्रका छन् ।स्थानीय तहले संचालनमा ल्याएका अधिकांश क्वारेन्टाइनमा औपचारिकताका लागि मात्र मान्छेर राख्ने गरिएको छ । क्वारेन्टाइनमा कम्तिमा १४ दिनसम्म नियमित निगरानीमा राखेर कोरोनाको रिपोर्ट नेगेटिभ आएमात्र घर पठाउनुपर्ने हुन्छ । तर अधिकांश स्थानीय तहले नमूना परीक्षण नै नगरी घर पठाइरहेका छन् । यसले गाउँमा थप कोरोनाको त्रास बढ्दो छ ।

सुर्खेतको बराहताल गाउँपालिकाले जनज्योति मावि बड्डीचौरमा क्वारेन्टाइन निर्माण गरेको छ । बाहिरबाट भित्रिएकालाई त्यही क्वारेन्टाइनमा राखिन्छ । तर क्वारेन्टाइनमा बसेका साँझ र बिहान मात्र त्यहाँ भेटिन्छन् ।

दिउँसोमा उनीहरु खेतबारीको काम गर्छन् । सामाजिक दुरी कायम नगरी सहजै रुपमा परिवार र आफन्तको सम्पर्कमा जान्छन् ।स्थानीय डम्बर गरंजाले भने, 'कुनै निगरानी छैन, स्वास्थ्य जाँच पनि हुन्न । मान्छेहरुलाई १४ दिनसम्म त राखिन्छ, तर नमूना परीक्षण नै नगरी घर पठाउने गरिएको छ ।'

क्वारेन्टाइनमा राखिएका लागि परीक्षणबिना घर पठाउने कामले जोखिम बढ्ने उनको भनाइ छ । जाजरकोटको भेरी नगरपालिका-१ पिपेका हरिबहादुर पुनसाँझ र विहान क्वारेन्टाइनको खाना खान्छन् । दिनभरी भने खेतबारीमै व्यस्त हुन्छन् । अरु सात जनाको दैनिकी पनि उस्तै छ ।

क्वारेन्टाइनमा राखिए पनि उनीहरु गाउँघरमा निर्धक्‍क डुल्छन् । क्वारेन्टाइनमा खाना खुवाउने र सुताउने काम बाहेक स्थानीय तहले कुनै निगरानी र स्वास्थ्य जाँच नगरेको स्थानीयको गुनासो छ । क्वारेन्टाइनमा राख्नुको मुख्य उदेश्य उनीहरुमा कोरोना संक्रमण भएको अवस्थामा अरुमा संक्रमण नहोस् भन्ने हो ।

कम्तिमा १४ दिनसम्म स्वास्थ्यकर्मीको निगरानीमा बस्ने र नमूना परीक्षण गर्दा कोरोना नदेखिएमा मात्र त्यहाँबाट विदा हुनुपर्ने हो ।तर कर्णालीका क्वारेन्टाइनमा देखाउनका लागि मात्र मानिसलाई राखिएको छ ।

अधिकांश स्थानीय तहले १४ दिनसम्म क्वारेन्टाइनमा खाना खुवाउने र सुताउने काम मात्र गरेका छन् ।तर उनीहरुलाई नमूना परीक्षण नै नगरी घर पठाउने गरिएको हो । परीक्षण नहुँदा उनीहरुमा कोरोना भए नभएकोबारे कुनै जानकारीछैन ।

यसले गाउँमा जोखिम थप बढेको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् ।प्रदेश सरकारले भने किटको अभावले नमुना परीक्षण गर्न नसकिएको जनाएको छ । अनुमान गरिएकोभन्दा धेरै नागरिक भित्रिएकाले थेग्नै नसकिएको प्रदेश सरकारको भनाइ छ । 

क्वारेन्टाइनको क्षमता थोरै हुँदा उद्दार गरिएका सबैलाई क्वारेन्टाइनमा मापदण्ड अनुसार व्यवस्थापन गर्न नसकिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बनाइन् । ‘नमूना परीक्षण र र्‍यापिड टेष्ट गर्ने दुबै किट अभाव भयो,' उनले थपिन्, 'किन्न चाहेर पनि किट पाएका छैनौं, यसले अवस्था केही असहज भएको हो ।'


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.