एक कोरोना संक्रमित थपिए

एक कोरोना संक्रमित थपिए

राजविराज : सप्तरीमा सोमबार एक जना व्यक्तिमा कोरोना भाइरस भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना पुष्टि भएको आधिकारिक पत्र पठाएर जानकारी दिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।

धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाबको पिसिआर परीक्षण गर्दा सप्तरीका १८ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो। शंका लागेर नमूना परीक्षणको लागि वैशाख २५ गते उनको स्वाब संकलन गरी धरान पठाइएको थियो।

चितवनबाट वैशाख ९ गते आएका सप्तरीको डाकनेश्वरी नगरपालिका-३ तरहीका ती युवकलाई पातोस्थित कन्त चन्द्र माविको क्वारेन्टाइनमा राखिएको थियो। सो बिरामीको रिपोर्ट सोमबार पोजिटिभ आएको र उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा राख्न अहिले ल्याउन लागिएको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा .चुमनलाल दासले बताए।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ। सोमबार बिहान मात्रै कपिलवस्तुका १० जनामा संक्रमण रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.